default_image

6 years ago

July 5, 2019

निर्णायक खेलमा इमामको शतक !

110 views

0 Bookmark

एजेन्सी – पाकिस्तानका युवा ओपनर इमाम उल हकले एक दिवसिय विश्वकप क्रिकेटमा लिग चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध शतक प्रहार गरेका छन् ।

शुक्रबार लर्डसमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानका लागि इमामले ९९ बलमा आफ्नो वान डे करिअरको सातौं तथा विश्वकपमा पहिलो शतक पुरा गरे । इमामले शतक पुरा गर्न ७ चौका प्रहार गरे ।

शतकको दुई बल अर्थात ४२ ओभरको पाँचौ बलमा हिट विकेटका रुपमा आउट हुँदै इमाम १ सय बलमा ७ चौका सहित १ सय रनमा पेभिलिएन फर्किएका छन् । 

त्यस अघि ३२ ओभरको अन्तिम बलमा मोहम्मद सैफुद्दीनले एलवी डब्लू आउट गरेपछि बाबर आजम ९८ बलमा ११ चौका सहित ९६ रनमा पेभिलिएन फर्किए ।

बाबर ४ रनले शतक बनाउन चुके । दोस्रो विकेटका लागि बाबर र इमामले १ सय ५७ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै इनिङ उकासे । 

सैफुद्दीनलेनै ओपनर फकार जमानलाई ८ औं ओभरको दोस्रो बलमा मेहदी हसन मिराजबाट १३ रनमा क्याच आउट गराए । 

पाकिस्तानले यो समचार तयार पार्न सम्म ४२ ओभरमा २ सयख ४६ रन बनाउन ३ विकेट गुमाएको छ ।

February 23, 2025

कोहलीको शतकमा भारतको लगातार दोस्रो जित

एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 23, 2025

भारतविरुद्ध पाकिस्तानको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]

February 23, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]

Success

Thank you for your time.