default_image

6 years ago

July 6, 2019

म्याक्सवेल र मार्श घाइते भएपछि ह्यान्ड्सकम्ब अष्ट्रेलियन टोलीमा

69 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेटमा अष्ट्रेलियालाई चोटले समस्या परेको छ । प्रशिक्षण नेट्समा ब्याटिङ गर्ने क्रममा मध्यक्रमका भरपर्दा ब्याट्सम्यान सन मार्श र आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेल घाइते भएका छन् ।

मार्श मंगलबार अभ्यासको क्रममा प्याट कमिन्सको सर्ट बलमा घाइते हुन पुगेका थिए । म्याक्सवेल पनि सोहि पिचमा प्रशिक्षण गर्ने क्रममा घाइते भएका थिए । उनलाई मिचेल स्टार्कको बाउन्सर हातमा लागेको थियो । अर्का ब्याट्सम्यान स्टिभ स्मिथलाई पनि प्रशिक्षणमा बाउन्सर लागेको थियो । उनलाई भने कुनै चोट लागेको छैन । यी तीनै घटना १० मिनेटको अन्तरमा भएको बुझिएको छ ।

क्रिकेट अष्ट्रेलियाका अनुसार मार्शको नाडीमा गम्भीर चोट लागेको कारण उनको स्थानमा विकेटकीपर पिटर ह्यान्ड्सकम्बलाई टोलीमा बोलाइएको छ । म्याक्सवेलको अवस्था भने सामान्य रहेको र उनले केहि समय विश्राम लिने बुझिएको छ । उनले दक्षिण अफ्रीकाविरुद्ध भन्ने खेल्नेमा शंका उब्जिएको छ ।

ह्यान्ड्सकम्ब अष्ट्रेलिया ‘ए’ टोलीमा रहेर इंग्ल्यान्ड भ्रमणमा रहेकाले उनले प्रशिक्षण पनि थालिसकेका छन् । उनी दक्षिण अफ्रीकाविरुद्ध खेलका लागि उपलब्ध भएका छन् । विकेटकीपर समेत रहेका ह्यान्ड्सकम्बले २१ वान डे खेलमा १ शतक र ४ अर्धशतक सहित कुल ६ सय २८ रन जोडेका छन् । उनले गत मार्चमा भारतसँगको चौथो वान डे खेलमा ३ सय ५९ रनको विशाल लक्ष्य पुरा गर्दा १ सय १७ रनको उत्कृष्ट इनिङ खेलेका थिए । शन मार्शले विश्वकपमा २ खेलमा मौका पाउँदा २६ रनमात्रै बनाए ।

अष्ट्रेलिया ८ खेलमा ७ मा जित र १ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा छ । सेमिफाइनलमा पुगिसकेको अष्ट्रेलियाले लिग चरणको अन्तिम खेल शनिवार दक्षिण अफ्रिकासँग खेल्ने छ ।

February 23, 2025

कोहलीको शतकमा भारतको लगातार दोस्रो जित

एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 23, 2025

भारतविरुद्ध पाकिस्तानको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]

February 23, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]

Success

Thank you for your time.