6 years ago
July 5, 2019
ओपनर रित गौतमको शतक तथा कुशल मल्ल र खडकबहादुर बोहोराको अर्धशतकमा नेपालले सिंगापुरलाई विशाल लक्ष्य दिएको छ । एसीसी यू-१९ इस्टर्न रिजनअन्तर्गत समूहको अन्तिम खेलमा पहिलो ब्याटिङ गरेको नेपालले सिंगापुरलाई ३ सय २७ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर रित गौतमले मलेसियामा जारी एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा सिंगापुरविरुद्ध शतक प्रहार गरेका छन् ।
रितले १ सय ३१ बलमा १० चौका सहित शतक पुरा गरे । ४८ औं ओभरको दोस्रो बलमा चौका प्रहार गर्दै रितले शतक पुरा गरे । रितलाई कुशल मल्लले विश्फोटक ब्याटिङ गर्दै राम्रो साथ दिएका छन् ।
१५ औं ओभरको चौथो बलमा ओपनर पवन सरार्फ आउट भएसँगै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका खडक बहादुर बोहराले उत्कृष्ट ९० रनको योगदान दिए । ४० ओभरको पहिलो बलमा प्रनव सुदर्शन राजेश कृष्णनले एलबी डब्लू आउट गर्नु अघि खडकले ९० बलमा १२ चौका प्रहार गरे । दोस्रो विकेटका लागि खडक र रितले १ सय ३१ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि नेपाल बलियो योगफलमा पुगेको थियो ।
ओपनर पवन सरार्फ ४५ रनमा क्याच आउट भए । १५ औं ओभरको चौथो बलमा भिनित चितेश मेहता क्याच गराउँनु अघि पवनले ४१ बलमा १० चौका प्रहार गरे । पवन र रितले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । कप्तान रोहित कुमार पौडेल भने ७ रनमा क्याच आउट भए ।
January 23, 2025
सुमन अधिकारी,बुटवल राष्ट्रिय टोली देव खनालको अलराउण्ड प्रदर्शनमा रुपन्देहीमा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको बिहीवारको वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । वेष्टर्नले मेलवर्न क्रिकेट क्लब (एमसीसी) लाई ४४ रनले पराजित गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ४४ ओभरको खेलमा ४२.१ ओभरमा सबै विकेट […]
January 23, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा युथ कप प्रतियोगिता भैरहवामा आयोजना हुने भएको छ । आइसिसी यु १९ पुरुष विश्व कप एसिया छनोटको तयारी स्वरुप कपको आयोजना हुन लागेको हो । यसका लागि क्यानले ३६ खेलाडीको प्रारम्भिक टोली तयार गरेको छ । यिनै खेलाडीलाई ३ टिममा विभाजन गरि युथ कप संचालन गरिदै […]
January 23, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको बिस्फोटक शतकको सहयोगमा राजधानीमा जारी जय नेपाल कप क्रिकेटमा त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले फराकिलो जित हासिल गरेको छ । बिहीवार भएको दिनको दोस्रो खेलमा त्रिविले पूर्वाञ्चल विश्विद्याललाई १ सय ६७ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको त्रिविले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । […]