default_image

6 years ago

July 5, 2019

नेपाल विशाल योगफलतर्फ अग्रसर

80 views

0 Bookmark

एजेन्सी – मलेसियामा जारी एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले सिंगापुरविरुद्ध उत्कृष्ट प्रर्दशन जारी राखेको छ ।

किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले २५ ओभरमा १ सय ५६ रन बनाउन १ विकेट गुमाएको छ ।

ओपनर रित गौतम ६६ बलमा ५ चौका सहित ४९ रनमा खेलिरहेका छन् । त्यस्तै खडक बहादुर बोहराले ४४ बलमा ९ चौका सहित आक्रमक ५२ रन जोड्दै क्रिजमा छन् ।

त्यसअघि ओपनर पवन सरार्फ ४५ रनमा क्याच आउट भए । १५ ओभरको चौथो बलमा भिनित चितेश मेहता क्याच गराउँनु अघि पवनले ४१ बलमा १० चौका प्रहार गरे । पवन र रितले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

January 23, 2025

देवको अलराउन्ड प्रदर्शनमा वेष्टर्न विजयी

सुमन अधिकारी,बुटवल राष्ट्रिय टोली देव खनालको अलराउण्ड प्रदर्शनमा रुपन्देहीमा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको बिहीवारको वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । वेष्टर्नले मेलवर्न क्रिकेट क्लब (एमसीसी) लाई ४४ रनले पराजित गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ४४ ओभरको खेलमा ४२.१ ओभरमा सबै विकेट […]

January 23, 2025

भैरहवामा क्यान युथ कप हुने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा युथ कप प्रतियोगिता भैरहवामा आयोजना हुने भएको छ । आइसिसी यु १९ पुरुष विश्व कप एसिया छनोटको तयारी स्वरुप कपको आयोजना हुन लागेको हो । यसका लागि क्यानले ३६ खेलाडीको प्रारम्भिक टोली तयार गरेको छ । यिनै खेलाडीलाई ३ टिममा विभाजन गरि युथ कप संचालन गरिदै […]

January 23, 2025

जय नेपाल कप – लोकेशको शतकमा त्रिविको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको बिस्फोटक शतकको सहयोगमा राजधानीमा जारी जय नेपाल कप क्रिकेटमा त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले फराकिलो जित हासिल गरेको छ । बिहीवार भएको दिनको दोस्रो खेलमा त्रिविले पूर्वाञ्चल विश्विद्याललाई १ सय ६७ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको त्रिविले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । […]

Success

Thank you for your time.