6 years ago
July 5, 2019
एजेन्सी – मलेसियामा जारी एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता नेपालले दोस्रो खेलमा सिंगापुरविरुद्द पहिला ब्याटिङ गर्ने भएको छ ।
किनारारा ओभल क्रिकेट मैदानमा सम्पन्न टसमा नेपालले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नेपालले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । चीनसँगको खेलमा विश्राम दिएका अलराउण्डर कुशल मल्ल,विशाल बिक्रम केसी र तीब्र गतिका बलर राशिद खानलाई मौका दिएको छ । चीनसँगको खेलमा मौका पाएका प्रतिस जिसी,कमलसिंह ऐरी र लोकेश बहादुर बमलाई बिश्राम दिएको छ । यू१६ टोलीका कप्तान समेत रहेका विशालको यू१९ मा यो डेब्यू खेल हो ।
नेपाल र सिंगापुर दुबै सेमिफाइनलमा प्रवेश गरि सकेका छन् । नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो । त्यस्तै सिंगापुरले पनि चीनलाई ८ विकेटले पराजित गरेको थियो । समुह ए मा रहेको म्यानमारले आफ्नो नाम फिर्ता लिएपछि नेपाल र सिंगापुरलाई सेमिफाइनलको लागि एकै खेलको जित प्राप्त बनेको हो ।
चीन भने दुबै खेलमा लज्जास्पद हारका साथ बाहिरिएको छ । तुलनात्मक रुपमा निकै कमजोर सिंगापुरमाथि नेपाल फराकिलो जित निकाल्ने सोचमा छ । नेपाल र सिंगापुरबीचको नतिजाले समुह विजेता र उप विजेताको निर्णारण गर्ने छ ।
नेपालको प्लेइङ ११ :
१.रोहित कुमार पौडेल (कप्तान)
२.पवन सरार्फ
३.राशिद खान
४.रित गौतम
५.हरि बहादुर चौहान
६.विशाल बिक्रम केसी
७.तिलक भण्डारी
८.भिम सार्की
९.कुशल मल्ल
१०.सागर ढकाल
११.खडक बहादुर बोहरा
यो पनि : बाबु-छोराको ‘विशाल’ सपना
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]