6 years ago
July 5, 2019
पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेश सरकारले पोखरा क्रिकेट मैदानलाई २ करोड बजेट छुट्याएको छ । आर्थिक वर्ष २०७६/७७ को बजेटमा पोखरा क्रिकेट मैदानको पेभिलिएन निर्माणको लागि २ करोड छुटाएको हो ।
पेभिलियन बनाउने काम तत्काल तीब्र गतिमा अघि बढ्ने गण्डकी प्रदेशले जनाएको छ । बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ,भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बजगाईं र पोखरा प्रिमियर लिगको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्का निर्देशक छुम्बी लामा,नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल लगायतले मैदानको निरिक्षण गरेका थिए ।
गत बर्ष मंसिरमा पोखरा क्रिकेट मैदानमा नमस्ते पोखरा प्रिमियर लिग भएको थियो । उक्त समय पोखरा क्रिकेट मैदानको पिच ब्याटिङ उपयोगि भएको भन्दै निकै चर्चा पाएको थियो । यसपटक उक्त प्रतियोगिता सुरु हुनुअघि नै निर्माण कार्य सम्पन्न गर्ने प्रदेश सरकारले जनाएको छ ।
कप्तान खड्काले पनि मैदानको भौतिक पूर्वाधारमा जोड दिए अन्तर्राष्ट्रिय स्तरको खेल खेलाउन पनि सकिने बताए ।
January 23, 2025
सुमन अधिकारी,बुटवल राष्ट्रिय टोली देव खनालको अलराउण्ड प्रदर्शनमा रुपन्देहीमा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको बिहीवारको वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । वेष्टर्नले मेलवर्न क्रिकेट क्लब (एमसीसी) लाई ४४ रनले पराजित गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ४४ ओभरको खेलमा ४२.१ ओभरमा सबै विकेट […]
January 23, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा युथ कप प्रतियोगिता भैरहवामा आयोजना हुने भएको छ । आइसिसी यु १९ पुरुष विश्व कप एसिया छनोटको तयारी स्वरुप कपको आयोजना हुन लागेको हो । यसका लागि क्यानले ३६ खेलाडीको प्रारम्भिक टोली तयार गरेको छ । यिनै खेलाडीलाई ३ टिममा विभाजन गरि युथ कप संचालन गरिदै […]
January 23, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको बिस्फोटक शतकको सहयोगमा राजधानीमा जारी जय नेपाल कप क्रिकेटमा त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले फराकिलो जित हासिल गरेको छ । बिहीवार भएको दिनको दोस्रो खेलमा त्रिविले पूर्वाञ्चल विश्विद्याललाई १ सय ६७ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको त्रिविले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । […]