9 years ago
May 27, 2016
नयाँ दिल्ली (एजेन्सी)- गुजरात लायन्स आफ्नो पहिलो इन्डियन प्रिमियर लिग (आइपिएल) सहभागितालाई लम्बाउन सपना बुनिरहेको छ । त्यो अभियाना पुरा गर्न गुजरातले आज हुने दोस्रो प्ले अफमा सनराइज हैदरबादको चुनौति पार गर्नुपर्ने छ । हैदराबाद त्यो टोली जो पहिलो पटक आइपएलको फाइनल खेल्न आतुर छ ।
गुजरात र हैदराबादको विजेताले आइतबार रोयल च्यालेजर्स बैंगलोरसँग फाइनल खेल्नेछ । गुजराजले शीर्षस्थानमा रहँदै लिग चरणको अन्य गरेको थियो । तर पहिलो प्ले अफमा बैंगलोरसँग ६ विकेटको हारपछि टोलीले अर्को एउटा चुनौति पार गर्नुपर्ने भयो ।
उता लिगमा चौथो स्थानमा रहेको हैदराबादले दुई पटकको च्याम्पियन रहि सकेको कोलकाता नाइट राइडर्सलाई २२ रनले हराएर फाइनल खेल्ने सम्भावनालाई जीवन राखेको थियो ।
सन् २०१३ को संस्करणबाट आइपिएल खेल्न थालेको हैदराबादलाई आजको दोस्रो प्ले अफ फाइन पुग्नका लागि राम्रो मौका हो । किनकी हैदराबादले लिग चरणका दुवै खेलमा गुजरातलाई हराएको थियो । त्यो जितले टोलीसँग आजको खेलका लागि उच्च मनोबल हुनसक्छ । हैदराबादका ओपनरद्धय उच्च फर्ममा छन् । लगभग सबै खेलमा राम्रो साझेदारी गर्दै आएका कप्तान समेत रहेका डेविड वार्नरले ६ सय ८६ र शिखर धवनले ४ सय ७३ रन बनाइसकेका छन् । जारी सिजनमा दुवै उच्च रन बटुल्ने शीर्ष दस खेलाडीको सुचिमा छन् ।
तथापी गुजराज लिग चरणमा शीर्षस्थानमा रहेकाले कुनै टोली भन्दा कमजोर छैन । टोलीसँग सुरेश रैनादेखि युवराज सिंह, अलराउन्डन मोसिस हेन्रिक्वेज तथा १६ विकेट लिइसकेका मुस्ताफैजु हमान, २१ भुवनेश्वर कुमार जस्ता स्तरीय बलर छन् । हैदराबाका प्रभावकारी बलर अशिष नेहरा चोटका कारण खेल्न सकिरहेका छैनन् । गुजरातका डवाने स्थिमले ३ सय २३, न्युजिल्यान्डका पूर्व कप्तान ब्रेनडन म्याकुलमले ३ सय २२, आरोन फिन्चले ३ सय ४३ र कप्तान रैनाले ३ सय ९८ रन बनाइसकेका छन् ।
हैदराबादका कप्तान वार्नरले गुजरातका महत्वपूर्ण खेलाडीका बारेमा राम्रो जानकारी भएकाले र उनीहरुसँग खेल्न सहज नभएको बताएका छन् । उनले भने, त्यसले हामीले बटिड् र बलिड दुवैमा राम्रो सुरुआत गर्न आवश्यक छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]