6 years ago
July 3, 2019
एजेन्सी – ओपनर जोनी बेयरस्टोले शतक प्रहार गरेसँगै एक दिवसिय विश्वकप क्रिकेटमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई ३ सय ६ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५ रन बनायो । इंग्ल्यान्डका लागि ओपनर जोनी बेयरस्टोले १ सय ६ रनको उत्कृष्ट शतकीय योगदान दिए । ३२ ओभरको चौथो बलमा म्याट हेनरीले बोल्ड आउट गर्नु बेयरस्टोले ९९ बलमा १५ चौका र १ छक्का प्रहार गरे ।
बेयरस्टोले ९५ बलमा आफ्नो वान डे करिअरको नवौं तथा जारी विश्वकपमा दोस्रो शतक पुरा गरे । बेयरस्टोले यस अघि भारतसँगको खेलमा पनि शतक प्रहार गरेका थिए । विश्वकपका लगातार खेलमा शतक प्रहार गर्ने उनी इंग्ल्यान्डका पहिलो खेलाडी बने ।
ओपनर बेयरस्टोले पहिलो विकेटका लागि जोसन रोयसँग १ सय २३ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिएपनि मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानले ठूलो इनिङ खेल्न नसक्दा विशाल योगफल बनाउन चुकेको हो। १९ ओभरको चौथो बलमा जेम्श निशमले मिचेल सान्टनारबाट क्याच आउट गराउनुअघि रोयले ६१ बलमा ८ चौका सहित ६० रन जोडे ।
ट्रेन्ट बोल्टले ३१ ओभरको पहिलो बलमा जो रुटलाई २४ रनमा क्याच आउट गराए । बोल्टलेनै विकेटकीपर जस बटलरलाई ३५ ओभरको दोस्रो बलमा कप्तान केन विलियमसनबाट ११ रनमा क्याच आउट गराएपछि इंग्ल्यान्डको रनको गतिमा कमि आएको थियो ।
४२ ओभरको अन्तिम बलमा ठूलो शट खेल्ने धुनमा बेन स्टोक्स बाउन्ड्रीलाई नजिकै ११ रनमा क्याच आउट हुन पुगे । कप्तान इओन मोर्गनले ४० बलमा ५ चौका प्रहार गर्दै ४२ रनको योगदान दिए । क्रिस वोक्स ४,आदिल राशिद १६ र लियाम प्लन्केटले १५ रनको योगादान दिए ।
न्युजिल्यान्डका लागि टे«न्ट बोल्ट,म्याट हेनरी र जेम्श निशमले समान २ विकेट लिए । मिचेल सान्टनार र टिम साउथीको नाममा १-१ विकेट रह्यो ।
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै छन् । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ […]
February 22, 2025
एजेन्सी – जोस इंग्लिसको शतकमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को शनिवार भएको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो । छैठौं संस्करणको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन बनेयता अस्ट्रेलियाले कुनै खेल जितेको थिएन । च्याम्पियन्स ट्रफीको […]