default_image

6 years ago

July 1, 2019

विश्वकपमा भारतलाई अर्को झट्का !

162 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी आईसीसी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा भारतलाई अर्को झट्का लागेको छ । अलराउण्डर विजय शंकर विश्वकपबाट बाहिरिएका छन् ।

गत जुन १९ मा अभ्यासको क्रममा जसप्रित बुमराहको योर्कर बलमा उनको खुट्टाका औंलामा चोट लागेको थियो । चोटपछि शंकरले अफगानिस्तान र वेस्ट इन्डिजसँगको खेल खेलेका थिए । दुबै खेलमा निराशजनक प्रर्दशन गरेपछि आईतबार इंग्ल्यान्डसँगको खेलमा उनको स्थानमा भारतले ऋषभ पन्तलाई मैदान उतोको थियो । शंकर बाहिरिएसँगै उनको स्थान युवा ओपनर मयंक अग्रवालले लिने भएका छन् ।

मयंकले वान डे खेलमा भने डेब्यू गरेका छैनन् । अग्रवालले २ टेष्ट खेलमा १ सय ९५ रन जोडेका छन् । यसअघि नै भारतीय ओपनर शिखर धवन चोटका कारण भारतको टोलीबाट बाहिरिएका छन् । धवनको अभाव भारतीय ओपनर जोडीको पछिल्ला दुई खेलमा देखिएको छ ।

भारतले मंगलबार बंगलादेशसँग खेल्ने छ । त्यस्तै लिग चरणको अन्तिम खेल भारतले श्रीलंकासँग आगमी शनिवार खेल्ने छ । भारत सेमिफाइनल नजिक छ । भारत ७ खेलमा ५ मा जित र १ मा ब्योहोर्दै ११ अंकका साथ दोस्रो स्थानमा छ । न्युजिल्यान्डसँगको खेल वर्षाको कारण रद्ध भएको थियो ।

January 23, 2025

देवको अलराउन्ड प्रदर्शनमा वेष्टर्न विजयी

सुमन अधिकारी,बुटवल राष्ट्रिय टोली देव खनालको अलराउण्ड प्रदर्शनमा रुपन्देहीमा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको बिहीवारको वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । वेष्टर्नले मेलवर्न क्रिकेट क्लब (एमसीसी) लाई ४४ रनले पराजित गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ४४ ओभरको खेलमा ४२.१ ओभरमा सबै विकेट […]

January 23, 2025

भैरहवामा क्यान युथ कप हुने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा युथ कप प्रतियोगिता भैरहवामा आयोजना हुने भएको छ । आइसिसी यु १९ पुरुष विश्व कप एसिया छनोटको तयारी स्वरुप कपको आयोजना हुन लागेको हो । यसका लागि क्यानले ३६ खेलाडीको प्रारम्भिक टोली तयार गरेको छ । यिनै खेलाडीलाई ३ टिममा विभाजन गरि युथ कप संचालन गरिदै […]

January 23, 2025

जय नेपाल कप – लोकेशको शतकमा त्रिविको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको बिस्फोटक शतकको सहयोगमा राजधानीमा जारी जय नेपाल कप क्रिकेटमा त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले फराकिलो जित हासिल गरेको छ । बिहीवार भएको दिनको दोस्रो खेलमा त्रिविले पूर्वाञ्चल विश्विद्याललाई १ सय ६७ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको त्रिविले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । […]

Success

Thank you for your time.