6 years ago
July 1, 2019
एजेन्सी – आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज श्रीलंका र वेस्टइन्डिज भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि सुरु हुने छ ।
वेस्टइन्डिज ७ खेलमा १ मा जित र ५ मा हारका साथ नवौं स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । यसैकारण वेस्टइन्डिज बिना दबाब मैदान उत्रँदै उत्कृष्ट प्रर्दशन गर्ने सोचमा छ । यता श्रीलंकाको पनि अघिल्लो चरण पुग्ने सम्भावना लगभग सकिएको छ । झिनो अंक गणीतिय सम्भावना रहेको श्रीलंका आजको खेलमा पराजित भए आधिकारीक रुपमा प्रतियोगिताबाट बाहिरिने छ । श्रीलंका ७ खेलमा २ मा जित र ३ मा हारका साथ सातौं स्थानमा छ । २ खेल वर्षाले रद्द भएको श्रीलंकाको ६ अंक छ ।
श्रीलंका मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानको खराब प्रर्दशन ठूलो चिन्ताको विषय हो । त्यस्तै वेस्ट इन्डिजको पनि ब्याटिङ कमजोर मानिएको छ । क्रिस गेल, शिमरोन हिटमायर र शाई होपजस्ता ब्याट्सम्यान चल्न नसक्नु ठूलो चिन्ताको विषय हो । लासिथ मलिंगा, कप्तान दिमुथ करुणारत्ने, कुशल परेरा श्रीलंकाका प्रमुख खेलाडी हुन् ।
विश्वकपमा श्रीलंका र वेस्ट इन्डिजबीच ८ खेल भएको छ । जसमा वेस्ट इन्डिज ४ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको थियो । १ खेलको नतिजाविहीन छ । यी दुई देशबीच कुल ५६ वान डे खेल भएको छ । वेस्ट इन्डिज २८ खेलमा विजयी हुँदा २५ खेलमा पराजित भएको छ । ३ खेल नतिजाबिहीन छ ।
January 23, 2025
सुमन अधिकारी,बुटवल राष्ट्रिय टोली देव खनालको अलराउण्ड प्रदर्शनमा रुपन्देहीमा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको बिहीवारको वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । वेष्टर्नले मेलवर्न क्रिकेट क्लब (एमसीसी) लाई ४४ रनले पराजित गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ४४ ओभरको खेलमा ४२.१ ओभरमा सबै विकेट […]
January 23, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा युथ कप प्रतियोगिता भैरहवामा आयोजना हुने भएको छ । आइसिसी यु १९ पुरुष विश्व कप एसिया छनोटको तयारी स्वरुप कपको आयोजना हुन लागेको हो । यसका लागि क्यानले ३६ खेलाडीको प्रारम्भिक टोली तयार गरेको छ । यिनै खेलाडीलाई ३ टिममा विभाजन गरि युथ कप संचालन गरिदै […]
January 23, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको बिस्फोटक शतकको सहयोगमा राजधानीमा जारी जय नेपाल कप क्रिकेटमा त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले फराकिलो जित हासिल गरेको छ । बिहीवार भएको दिनको दोस्रो खेलमा त्रिविले पूर्वाञ्चल विश्विद्याललाई १ सय ६७ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको त्रिविले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । […]