default_image

6 years ago

June 30, 2019

उपाधि जित्ने लक्ष्य सहित नेपाली यू-१९ टोली मलेसिया प्रस्थान

78 views

0 Bookmark

काठमाडौं(हाम्रोखेलकुद) एसीसी यू-१९ इस्टर्न रिजन-२०१९ प्रतियोगिताको लागि उपाधि जित्ने लक्ष्यका साथ नेपाली यू१९ टोली आज मलेसिया प्रस्थान गरेको छ ।

नेपाली टोली दिउँसो २ बजे मलेसिया प्रस्थान गरेको हो । नेपाली यू१९ टोलीलाई औपचारिक विदाई भने भएन । यू१९ टोलीका प्रशिक्षक विनोद दासका अनुसार सदस्य सचिव नभएको अवस्थामा विदाई कार्यक्रम हुन नसकेको हाम्रो खेलकुदलाई जानकारी दिए । रोहित कुमार पौडेलको कप्तानीमा १४ सदस्य खेलाडी र तीन अफिसियल गरि १७ जनाको मलेसिया प्रस्थान गरेको हो । कप्तान रोहित र विनोद दासले नेपालको लक्ष्य उपाधि जित्दै एसिया कप खेल्ने बताएका छन् ।

प्रतियोगिता जुलाई २ देखी ९ सम्म मलेसियामा चल्ने छ । समुह ‘ए’ मा नेपाल,सिंगापुर र चीन छन् । नेपालको समुहबाट म्यानमारले नाम फिर्ता लिएको छ । समुह ‘बी’ मा हङकङ, थाईल्यान्ड, भुटान र आयोजक मलेसिया छन् । नेपालले पहिलो खेल जुलाई ३ मा चीनसँग खेल्ने छ । त्यस्तै ५ जुलाईमा सिंगापुरसँग खेल्ने छ । दुवै समूहका शीर्ष दुई टोलीले जुन ८ मा हुने सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनलमा ९ जुलाईमा हुने छ ।

प्रतियोगिताको विजेताले श्रीलंकामा हुने यू-१९ एसिया कपमा सहभागिता जनाउनेछ । यस प्रतियोगिताको विजेतासँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, यूएई र कुवेतले प्रतियोगितामा सहभागिता जनाउने पक्का भइसकेको छ । प्रतियोगिता २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म संचालन हुनेछ ।

नेपाली टोली :
१. रोहित कुमार पौडेल (कप्तान)
२. पवन सरार्फ
३. कमलसिंह ऐरी
४. रित गौतम
५. हरि बहादुर चौहान
६. विशाल विक्रम केसी
७. प्रतिश जिसी
८. तिलक भण्डारी
९. राशिद खान
१०. भिम सार्की
११. लोकेश बहादुर बम
१२. सागर ढकाल
१३. कुशल मल्ल
१४. खडक बहादुर बोहरा

अफिसियल :
प्रशिक्षक : विनोद दास
व्यवस्थापक : राजु खड्का
फिजियो : विक्रम न्यौपाने

January 23, 2025

देवको अलराउन्ड प्रदर्शनमा वेष्टर्न विजयी

सुमन अधिकारी,बुटवल राष्ट्रिय टोली देव खनालको अलराउण्ड प्रदर्शनमा रुपन्देहीमा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको बिहीवारको वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । वेष्टर्नले मेलवर्न क्रिकेट क्लब (एमसीसी) लाई ४४ रनले पराजित गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ४४ ओभरको खेलमा ४२.१ ओभरमा सबै विकेट […]

January 23, 2025

भैरहवामा क्यान युथ कप हुने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा युथ कप प्रतियोगिता भैरहवामा आयोजना हुने भएको छ । आइसिसी यु १९ पुरुष विश्व कप एसिया छनोटको तयारी स्वरुप कपको आयोजना हुन लागेको हो । यसका लागि क्यानले ३६ खेलाडीको प्रारम्भिक टोली तयार गरेको छ । यिनै खेलाडीलाई ३ टिममा विभाजन गरि युथ कप संचालन गरिदै […]

January 23, 2025

जय नेपाल कप – लोकेशको शतकमा त्रिविको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको बिस्फोटक शतकको सहयोगमा राजधानीमा जारी जय नेपाल कप क्रिकेटमा त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले फराकिलो जित हासिल गरेको छ । बिहीवार भएको दिनको दोस्रो खेलमा त्रिविले पूर्वाञ्चल विश्विद्याललाई १ सय ६७ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको त्रिविले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । […]

Success

Thank you for your time.