default_image

6 years ago

June 30, 2019

स्टोक्स र बेयरस्टो चम्कँदा भारतलाई विशाल लक्ष्य

75 views

0 Bookmark

एजेन्सी– ओपनर जोनी बेयरस्टो र अलराउण्डर बेन स्टोक्सको उत्कृष्ट प्रर्दशनमा आईसीसी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा घरेलु टोली इंग्ल्यान्डले भारतलाई ३ सय ३८ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ३७ रन बनायो । इंग्ल्यान्डका लागि ओपनर बेयरस्टोले १ सय ११ रनको महत्वपूर्ण योगदान दिए । मोहम्मद शामीको ३२ ओभरको चौथो बलमा ठूलो शट खेल्ने धुनमा ऋषभ पन्तबाट क्याच आउट हुनुअघि बेयरस्टोले १ सय ९ बलमा १० चौका र ६ छक्का प्रहार गरे ।

बेयरस्टोले ९० बलमा वान डे करियरको ८ औं तथा विश्वपकमा आफ्नो पहिलो शतक पुरा गरेका थिए । अर्का ओपनर जोसन रोयले ५७ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ६६ रन जोडे । रोय र बेयरस्टोले पहिलो विकेटका लागि २२.१ ओभरमा १ सय ६० रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । कुलदीप यादवको बलमा ठूलो शट खेल्ने धुनमा बाउन्ड्री लाइन नजिकै रोयलाई रविन्द्र जडेजाले उत्कृष्ट क्याच गरेपछि इंग्ल्यान्डको शतकीय साझेदारी तोडिएको थियो ।

३४ ओभरका चौथो बलमा केदार जाधवबाट क्याच आउट हुँदै कप्तान इओन मोर्गन १ रनमा पेभिलिएन फर्केपछि इंग्ल्यान्डको रनको गतिमा कमि आएको थियो । जो रुटले ५४ बलमा २ चौका सहित ४४ रनको योगदान दिए ।

मध्यक्रमका बेन स्टोक्सले आक्रमक ब्याटिङ गर्दै ७९ रन जोडेपछि इंग्ल्यान्ड विशाल योगफलमा पुगेको हो । अन्तिम ओभरको चौथो बलमा क्याच आउट हुनुअघि स्टोक्सले ५४ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै विकेटकीपर जस बटलरले ८ बलमा १ चौका र २ छक्का सहित २० रनमा क्याच आउट भए । क्रिस वोक्स ७ रनमा क्याच आउट भए ।

भारतका लागि मोहम्मद सामीले १० ओभरमा १ मेडन सहित ६९ रन खर्चेर ५ विकेट लिए । त्यस्तै जसप्रित बुमराह र कुलदीप यादवको नाममा समान १ विकेट रह्यो ।

February 23, 2025

च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तान भिड्दै

एजेन्सी – च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै छन् । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ […]

February 22, 2025

इंग्लिसको शतकमा अस्ट्रेलियासँग इङ्ग्ल्याण्डको हार

एजेन्सी – जोस इंग्लिसको शतकमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को शनिवार भएको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो । छैठौं संस्करणको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन बनेयता अस्ट्रेलियाले कुनै खेल जितेको थिएन । च्याम्पियन्स ट्रफीको […]

February 22, 2025

कैलाली प्रिमियर लिग – भिमदत्त र त्रिवेणी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा समूह ‘डी’ को पहिलो खेलमा भिमदत्त नगरपालिकाले पर्शुराम नगरपालिकालाई ४७ रनले पराजित गरेको छ । १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा पर्शुरामले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो । पर्शुरामका लागि कप्तान राज विश्वकर्माले सर्वाधिक ३८ रन बनाए […]

Success

Thank you for your time.