default_image

6 years ago

June 30, 2019

भारतविरुद्ध इंग्ल्यान्डले पहिला ब्याटिङ गर्ने

65 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेटमा भारतविरुद्द इंग्ल्यान्डले पहिला ब्याटिङ गर्ने भएको छ । भर्खर सम्पन्न टसमा कप्तान इओन मोर्गनले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

भारतले आजको खेलमा विजय शंकरको स्थानमा युवा विकेटकीपर ऋषभ पन्तलाई मौका दिएको छ । त्यस्तै जोसन रोय आजको खेलमा टोलीमा फर्किएका छन् ।

वेस्ट इन्डिजसँगको खेलमा घाइते भएका रोयले श्रींलका,अष्टेलिया र अफगानिस्तानसँगको खेल गुमाउनु परेको थियो । त्यस्तै मोइन अलीको स्थानमा इंग्ल्यान्डले लियाम प्लन्केटलाई मौका दिएको छ ।

इंग्ल्यान्डको प्लेइङ ११ : जोनी बेयरस्टो,जोसन राय,जो रुट,इओन मोर्गन(कप्तान),बेन स्टोक्स,जस बटलर,लियाम प्लन्केट,क्रिस वोक्स,आदिल राशिद,जोफ्रा आर्चर र मार्क उड ।

भारतको प्लेइङ ११ : रोहित शर्मा,विराट कोहली(कप्तान), लोकेश राहुल, महेन्द्र सिंह धोनी(विकेटकीपर), केदार जाधव, हार्दिक पान्ड्या, मोहम्मद सामी, कुलदीप यादव, युजवेन्द्र चाहल, जसप्रित बुमराह र ऋषभ पन्त।

श्रीलंका र पाकिस्तानसँग अप्रत्यासित हार बेहोरेको घरेलु टोली इंग्ल्यान्डलाई शीर्ष चारमा रहेर सेमिफाइनल खेल्न आजको खेल जित्नै पर्ने दबाब छ । ७ खेलमा ४ मा जित र ३ मा हारका साथ पाँचौ स्थानमा रहेको इंग्ल्यान्ड आजको खेलमा पराजित भए सेमिफाइनल यात्राको संभावना अंक गणितीयमात्रै बाँकी रहने छ ।

यता ६ खेलमा ५ मा जितका साथ दोस्रो स्थानमा रहेको भारत आजको खेलमा विजयी भए सेमिफाइनलमा प्रवेश गर्ने छ । भारत पनि त्यहि सोचमा मैदान उत्रने छ । गत वर्ष इंग्ल्यान्डले घरेलु मैदानमा भएको ३ वान डे सिरिजमा भारतलाई २–१ ले हराएको थियो । त्यो सिरिजको नतिजाले इंग्ल्यान्डको मनोबल अलि उच्च हुने छ ।

तर श्रीलंकासँगको अप्रत्यासितको हारले इंग्ल्यान्ड टोली ठूलो दबाबमा छ । दबाबमा इंग्ल्यान्ड कस्तो खेल्न सक्छ त्यसमा बढी निर्भर रहने छ । भारत आज नयाँ जर्सिमा मैदान उत्रने छ ।

भारत र इंग्ल्यान्डबीच कुल ९९ एक दिवसिय खेल भएको छ । जसमा भारत ५३ खेलमा विजयी हुँदा ४१ खेलमा पराजित हुन पुगेको छ । ३ खेलको नतिजा विहीन छ । विश्वकपमा भने यी दुईदेशबीच ७ खेल भएको छ । जसमा समान ३ खेलमा इंग्ल्यान्ड र भारत विजयी भएका छन् भने एक खेल बराबरीमा सकिएको छ ।

February 22, 2025

इंग्लिसको शतकमा अस्ट्रेलियासँग इङ्ग्ल्याण्डको हार

एजेन्सी – जोस इंग्लिसको शतकमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को शनिवार भएको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो । छैठौं संस्करणको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन बनेयता अस्ट्रेलियाले कुनै खेल जितेको थिएन । च्याम्पियन्स ट्रफीको […]

February 22, 2025

कैलाली प्रिमियर लिग – भिमदत्त र त्रिवेणी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा समूह ‘डी’ को पहिलो खेलमा भिमदत्त नगरपालिकाले पर्शुराम नगरपालिकालाई ४७ रनले पराजित गरेको छ । १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा पर्शुरामले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो । पर्शुरामका लागि कप्तान राज विश्वकर्माले सर्वाधिक ३८ रन बनाए […]

February 22, 2025

डकेटको कीर्तिमानी शतकमा अस्ट्रेलियालाई विशाल लक्ष्य

एजेन्सी – ओपनर बेन डकेटको कीर्तिमानी शतकसँगै च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्याण्डले अस्ट्रेलियालाई विशाल लक्ष्य दिएको छ । समूह ‘बी’ को जारी खेलमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डबाट ३ सय ५२ रनको विशाल लक्ष्य पाएको हो । पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस हारेर ब्याटिङको निमन्त्रणा पाएको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५१ रनको विशाल योगफल तयार […]

Success

Thank you for your time.