default_image

6 years ago

June 30, 2019

विश्वकप छनोटको लागि नेपाली राष्ट्रिय टोली घोषणा

79 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सिंगापुरमा हुने आईसीसी टी ट्वान्टी एसिया कपको लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । आइतबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै कप्तान पारस खड्काको कप्तानीमा १४ सदस्य टोली घोषणा भएको हो ।

कप्तान पारस खड्का,प्रशिक्षक उमेश पटवाल र आईसीसीका प्रतिनिधि अमिनुल इस्लामले टोली छनोट गरेका हुन् । घोषणा टोलीमा शरद भेषवाकरले कमब्याक गरेका छन् । युएईसँगको टुरमा गत माघमा शरद टोेलीमा थिएनन् । पछिल्लो एक वर्ष यता राष्ट्रिय टिमबाट नियमित खेल्दै आएका आरिफ शेख टोलीमा छैनन् । युएई टुरमा रहेका सन्दीप जोरा पनि यस टोलीमा अटेका छैनन् ।

आईसीसी टी ट्वान्टी एसिया छनोट आगमी जुलाई २०-२८ सम्म सिंगापुरमा हुने छ । प्रतियोगितामा नेपालसहित, सिंगापुर, कुवेत, मलेसिया र कतार रहेका छन् । प्रतियोगिताको विजेताले ग्लोबल छनोटको लागि प्रतिस्पर्धा हुने छ । एसियाकप छनोट अघि नेपालले मलेसियासँग जुलाई १३ र १४ मा दुई टी ट्वान्टी सिरिज खेल्ने कार्यक्रम छ । नेपाल जुलाई ९ मा मलेसिया जाने छ ।

नेपालको १४ सदस्य टोली ः
१.पारस खड्का(कप्तान)
२.ज्ञानेन्द्र मल्ल
३.शरद भेषवाकर
४.बसन्त रेग्मि
५.सोमपाल कामी
६.दिपेन्द्रसिंह ऐरी
७.प्रदीप ऐरी
८.सन्दीप लामिछाने
९.रोहित कुमार पौडेल
१०.पवन सरार्फ
११.अभिनाष बोहोरा
१२.विनोद भण्डारी
१३. करण केसी
१४.ललित नारायण राजवंशी

बैकल्पीक खेलाडी ः

कुशल भुर्तेल
जितेन्द्र मुखिया
आरिफ शेख
सुसन भारी

February 22, 2025

इंग्लिसको शतकमा अस्ट्रेलियासँग इङ्ग्ल्याण्डको हार

एजेन्सी – जोस इंग्लिसको शतकमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को शनिवार भएको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो । छैठौं संस्करणको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन बनेयता अस्ट्रेलियाले कुनै खेल जितेको थिएन । च्याम्पियन्स ट्रफीको […]

February 22, 2025

कैलाली प्रिमियर लिग – भिमदत्त र त्रिवेणी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा समूह ‘डी’ को पहिलो खेलमा भिमदत्त नगरपालिकाले पर्शुराम नगरपालिकालाई ४७ रनले पराजित गरेको छ । १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा पर्शुरामले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो । पर्शुरामका लागि कप्तान राज विश्वकर्माले सर्वाधिक ३८ रन बनाए […]

February 22, 2025

डकेटको कीर्तिमानी शतकमा अस्ट्रेलियालाई विशाल लक्ष्य

एजेन्सी – ओपनर बेन डकेटको कीर्तिमानी शतकसँगै च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्याण्डले अस्ट्रेलियालाई विशाल लक्ष्य दिएको छ । समूह ‘बी’ को जारी खेलमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डबाट ३ सय ५२ रनको विशाल लक्ष्य पाएको हो । पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस हारेर ब्याटिङको निमन्त्रणा पाएको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५१ रनको विशाल योगफल तयार […]

Success

Thank you for your time.