6 years ago
June 30, 2019
एजेन्सी – तीव्र गतिका बलर मिचेल स्टार्कले ५ विकेट लिएपछि एकदिवसिय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले न्युजिल्यान्डमाथि ८६ रनको सहज जित निकालेको छ । यो जितसँगै अष्ट्रेलिया ८ खेलमा ७ मा जित र १ मा हारका साथ १४ अंकका साथ शीर्षस्थानमा छ ।
२ सय ४४ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४३.४ ओभरमा अल आउट हुँदै १ सय ५७ रनमा समेटियो । न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ४० र रस टेलरले ३० रन जोड्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । न्युजिल्यान्डले १० ओभरको दोस्रो बलमा हेनरी निकोलसलाई ८ रनमा गुमाएको थियो । उनलाई जेसन बेहरनडर्फले विकेटकीपर एलेक्स केरिबाट क्याच आउट गराए । बेहरनडर्फलेनै १४ ओभरको पहिलो बलमा अर्का ओपनर मार्टिन गुप्टिललाई २० रनमा एलवी डब्लू आउट गरे ।
२५ ओभरको चौथो बलमा मिचेल स्टार्कले कप्तान केन विलियमसनलाई केरिबाट ५१ बलमा २ चौका र १ छक्का प्रहार गरि रहेको अवस्थामा केरिबाटै क्याच आउट गराए । ३२ ओभरको चौथो बलमा प्याट कमिन्सले रस टेलरलाई केरिबाटै क्याच आउट गराएपछि न्युजिल्यान्डको जित टाढिएको थियो । न्युजिल्यान्डको निरन्तर विकेट पतन जारी रह्यो ।
टम लेथम १४,कोलिन डी ग्राण्डहोम डक,जेम्श निशम ९,मिचेल सान्टनार १२,इश सोधी ५,लोकी फर्गुसन डक आउट भए । अष्ट्रेलियालाई सहज जित दिलाउन मिचेल स्टार्कले ९.४ ओभरमा १ मेडन सहित २६ रन खर्चेर ५ विकेट लिए । त्यस्तै जेसन बेहरनडर्फले २,प्याट कमिन्स,नाथन लायन र स्टिभ स्मिथले पनि समान १ विकेट हात पारे ।
त्यसअघि लर्ड्समा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४३ रन बनायो । न्युजिल्यान्डका लागि तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ह्याट्रिक लिएका थिए । अष्ट्रेलियाका लागि उस्मान खवाजाले सर्वाधिक ८८ रनको योगदान दिए । अन्तिम ओभरको तेस्रो बलमा बोल्टले बोल्ड आउट गर्नुअघि खवाजाले १ सय २९ बलमा ५ चौका प्रहार गरे ।
त्यस्तै विकेटकीपर एलेक्स केरिले ७२ बलमा ११ चौका सहित ७१ रनको योगदान दिए । केरिलाई कप्तान केन विलियमसनले मार्टिन गुप्टिलबाट क्याच आउट गराए । एक समय २१.३ ओभरमा ९२-५ को कमजोर अवस्थामा पुगेको अष्ट्रेलियालाई केरि र खवाजाले छैटौं विकेटका लागि १ सय ७ रनको शतकीय साझेदारी गर्दै इनिङ उकासेका थिए ।
अष्ट्रेलियाले पाँचौ ओभरको तेस्रो बलमा कप्तान आरोन फिन्चलाई ८ रनमा गुमाएको थियो । फिन्चलाई बोल्टले एलबी डब्लू आउट गरे । दशौं ओभरको पहिलो बलमा ल्योकी फर्गुसनले टम लेथमबाट क्याच आउट गराउँदै अर्का ओपनर डेविड वार्नरलाई १६ रनमा पेभिलिएन फर्काए ।
फर्गुसनलेनै १२ ओभरको दोस्रो बलमा स्टिभ स्मिथलाई ५ रनमा क्याच आउट गराएपछि अष्ट्रेलिया दबाबमा परेको थियो । जेम्श निशमले मार्कस स्टोइनिसलाई २१ र ग्लेन म्याक्सवेललाई १ रनमा क्याच आउट गराएपछि अष्ट्रेलिया कमजोर अवस्थामा पुगेको थियो । प्याट कमिन्स २३ रनमा अविजित रहे ।
बोल्टले अन्तिम ओभरमा ह्याट्रिक गरे । बोल्टले अन्तिम ओभरको तेस्रो बलमा उस्मान खवाजालाई बोल्ड आउट गरे । लगत्तै चौथो बलमा मिचेल स्टार्कलाई पनि बोल्ड आउट गरे । पाँचौ बलमा जेसन बेहरनडर्फलाई एलवी डब्लू आउट गर्दै बोल्टले ह्याट्रिक पुरा गरेका थिए ।
ह्याट्रिक लिएका बोल्टले १० ओभरमा १ मेडन सहित ५१ रन खर्चेर ४ विकेट लिए । लोकी फर्गुसन र जेम्श निशमको नाममा समान २ विकेट रह्यो । त्यस्तै कप्तान केन विलियमसनले १ विकेट लिए ।
शीर्ष स्थानमा रहेको अष्टे«लियाले लिग चरणको अन्तिम खेल आगमी शनिवार दक्षिण अफ्रिकासँग खेल्ने छ । त्यस्तै ८ खेलमा ५ मा जित र २ मा हारका साथ तेस्रो स्थानमा रहेको न्युजिल्यान्डले निर्णायक खेल आगमी बुधबार इंग्ल्यान्डसँग खेल्ने छ ।
February 22, 2025
एजेन्सी – जोस इंग्लिसको शतकमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को शनिवार भएको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो । छैठौं संस्करणको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन बनेयता अस्ट्रेलियाले कुनै खेल जितेको थिएन । च्याम्पियन्स ट्रफीको […]
February 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा समूह ‘डी’ को पहिलो खेलमा भिमदत्त नगरपालिकाले पर्शुराम नगरपालिकालाई ४७ रनले पराजित गरेको छ । १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा पर्शुरामले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो । पर्शुरामका लागि कप्तान राज विश्वकर्माले सर्वाधिक ३८ रन बनाए […]
February 22, 2025
एजेन्सी – ओपनर बेन डकेटको कीर्तिमानी शतकसँगै च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्याण्डले अस्ट्रेलियालाई विशाल लक्ष्य दिएको छ । समूह ‘बी’ को जारी खेलमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डबाट ३ सय ५२ रनको विशाल लक्ष्य पाएको हो । पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस हारेर ब्याटिङको निमन्त्रणा पाएको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५१ रनको विशाल योगफल तयार […]