default_image

6 years ago

June 29, 2019

अन्तिम ओभरमा जितसँगै पाकिस्तान चौथो स्थानमा उक्लियो

89 views

0 Bookmark

एजेन्सी – पाकिस्तान एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।

शनिबार सम्पन्न खेलमा अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै पाकिस्तान घरेलु टोली इंग्ल्यान्डलाईपछि पार्दै चौथो स्थानमा उक्लिएको हो । अफगानिस्ताको भने यो लगातार आठौं हार हो । अब पाकिस्तानले अन्तिम खेल बंगलादेशसँग खेल्ने छ । बंगलादेशसँगको खेलमा विजयी भएमा र अन्य टोलीको नतिजा आफु अनुकुल आए अन्तिम चारमा रहेर सेमिफाइनल खेल्ने छ ।

शनिबार २ सय २८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २ बल अगाडी ७ विकेटको क्षतिमा पुरा गर्यो । पाकिस्तानका लागि तल्लोक्रमका इमाद वासिम ५४ बलमा ५ चौका सहित ४९ रनमा अविजित रहँदै पाकिस्तानको जित पक्का गरे । वहाब रियाज ९ बलमा समान १ चौका र छक्का सहित १५ रनमा अविजित रहे । अन्तिम ओभरमा ६ रन चाहिएको अवस्थामा इमाद वासिमले चौथो बलमा चौका प्रहार गर्दै पाकिस्तानको जित पक्का गरे ।

युवा ब्याट्सम्यान बाबर आजमले ४५ रनको योगदान दिए । १८ ओभरको दोस्रो बलमा मोहम्मद नाबीले बोल्ड आउट गर्नुअघि बाबरले ५१ बलमा ५ चौका प्रहार गरे । पाकिस्तानले पहिलो ओभरको दोस्रो बलमै ओपनर फकार जमानलाई शुन्यमा गुमाएको थियो । जमानलाई मुजिव उर रहमानले एलवी डब्लू आउट गरे । दोस्रो विकेटका लागि बाबर र इमाम उल हकले ७२ रनको साझेदारी गर्दै इनिङ उकासे ।

१६ औं ओभरको अन्तिम बलमा मोहम्मद नाबीले इमाम हकलाई ३६ स्टम्पिङ आउट गराउदै साझेदारी तोडेका थिए । हकले ५१ बलमा ४ चौका प्रहार गरे । मुजिवले ३० ओभरको पहिलो बलमा मोहम्मद हफिजलाई १९ रनमा क्याच आउट गराएपछि पाकिस्तान दबाबमा परेको थियो । ३९ ओभरको अन्तिम बलमा कप्तान शरफराज अहमद १८ रनमा रन आउटभएपछि पाकिस्तानले संघर्ष गर्नु परेको थियो । अफगानिस्तानका लागि मोहम्मद नाबी र मुजिव उर रहमानले समान २ विकेट हात पारे । त्यस्तै राशिद खानको नाममा १ विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २७ रन बनायो । अफगानिस्तानका लागि नजीबुल्लाह जदरान र पुर्व कप्तान अस्गर अफगानले समान ४२ रनको योगदान दिए ।

अफगानिस्तानले पाँचौ ओभरको चौथो बलमा कप्तान गुलबदीन नाइबलाई १५ रनमा गुमाएको थियो । नाइबलाई शाहीन अफ्रिदीले कप्तान शर्फराज अहमदबाट क्याच आउट गराए । अफ्रिदीले लगत्तै अर्को बलमा हशमतुल्लाह साहिदीलाई शुन्यमा पेभिलिएन फर्काए । १२ ओभरको अन्तिम बलमा इमाद वासिमले बाबर आजमबाट क्याच गराउँदै ओपनर रामत शाहलाई ३५ रनमा पेभिलिएनको बाटो देखाए । शाहले ४३ बलमा ५ चौका प्रहार गरे ।

चौथो विकेटका लागि पुर्व कप्तान अस्गर अफगान र विकेटकीपर इकराम अलिखिलले ६४ रनको साझेदारी गर्दै इनिङ उकासे । यी दुईबीचको साझेदारी २५ ओभरको दोस्रो बलमा शादब खानले अस्गरलाई बोल्ड आउट गर्दै तोडेका थिए अफ्गानले ३५ बलमा ३ चौका र २ छक्का प्रहार गरे । मोहम्मद नाबीले १६ रनको योगदान दिए । अफ्रिदीले बोल्ड आउट गर्नुअघि नजिबुउल्लाह जदरानले ५४ बलमा ६ चौका प्रहार गरे ।
तल्लोक्रमका शमीउल्लाह शिनवारी १९,राशिद खान ८ र मुजिब उर रहमानले ७ रन जोडे ।

पाकिस्तानका लागि शाहीन शाह अफ्रिदीले १० ओभरमा ४७ रन खर्चेर ४ विकेट हात पारे । त्यस्तै इमाद वासिम र वहाब रियाजको नाममा समान २ विकेट रह्यो । शादब खानले १ विकेट लिए ।

पाकिस्तान ८ खेलमा ४ जित र ३ हारका साथ चौथो स्थानमा उक्लिएको छ । पाकिस्तानले अन्तिम खेल बंगलादेशसँग आगमी शुक्रबार खेल्ने छ । अफगानिस्तान ८ खेलमा पराजितका साथ पुछारमा छ । अफगानिस्तानले अन्तिम खेल वेस्ट इन्डिजसँग आगमी विहिबार खेल्ने छ ।

February 22, 2025

इंग्लिसको शतकमा अस्ट्रेलियासँग इङ्ग्ल्याण्डको हार

एजेन्सी – जोस इंग्लिसको शतकमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को शनिवार भएको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो । छैठौं संस्करणको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन बनेयता अस्ट्रेलियाले कुनै खेल जितेको थिएन । च्याम्पियन्स ट्रफीको […]

February 22, 2025

कैलाली प्रिमियर लिग – भिमदत्त र त्रिवेणी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा समूह ‘डी’ को पहिलो खेलमा भिमदत्त नगरपालिकाले पर्शुराम नगरपालिकालाई ४७ रनले पराजित गरेको छ । १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा पर्शुरामले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो । पर्शुरामका लागि कप्तान राज विश्वकर्माले सर्वाधिक ३८ रन बनाए […]

February 22, 2025

डकेटको कीर्तिमानी शतकमा अस्ट्रेलियालाई विशाल लक्ष्य

एजेन्सी – ओपनर बेन डकेटको कीर्तिमानी शतकसँगै च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्याण्डले अस्ट्रेलियालाई विशाल लक्ष्य दिएको छ । समूह ‘बी’ को जारी खेलमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डबाट ३ सय ५२ रनको विशाल लक्ष्य पाएको हो । पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस हारेर ब्याटिङको निमन्त्रणा पाएको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५१ रनको विशाल योगफल तयार […]

Success

Thank you for your time.