default_image

6 years ago

June 29, 2019

बोल्टको ह्याट्रिकसँगै अष्ट्रेलियाको मध्यम योगफल

72 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर ट्रेन्ट बोल्टले अन्तिम ओभरमा ह्याट्रिक लिएसँगै एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबारको दोस्रो खेलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई २ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ ।

लर्ड्समा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४३ रन बनायो । अष्ट्रेलियाका लागि उस्मान खवाजाले सर्वाधिक ८८ रनको योगदान दिए । अन्तिम ओभरको तेस्रो बलमा बोल्टले बोल्ड आउट गर्नुअघि खवाजाले १ सय २९ बलमा ५ चौका प्रहार गरे ।

त्यस्तै विकेटकीपर एलेक्स केरिले ७२ बलमा ११ चौका सहित ७१ रनको योगदान दिए । केरिलाई कप्तान केन विलियमसनले मार्टिन गुप्टिलबाट क्याच आउट गराए । एक समय २१.३ ओभरमा ९२-५ को कमजोर अवस्थामा पुगेको अष्ट्रेलियालाई केरि र खवाजाले छैटौं विकेटका लागि १ सय ७ रनको शतकीय साझेदारी गर्दै इनिङ उकासेका थिए ।

अष्ट्रेलियाले पाँचौ ओभरको तेस्रो बलमा कप्तान आरोन फिन्चलाई ८ रनमा गुमाएको थियो । फिन्चलाई बोल्टले एलबी डब्लू आउट गरे । दशौं ओभरको पहिलो बलमा ल्योकी फर्गुसनले टम लेथमबाट क्याच आउट गराउँदै अर्का ओपनर डेविड वार्नरलाई १६ रनमा पेभिलिएन फर्काए ।

फर्गुसनलेनै १२ ओभरको दोस्रो बलमा स्टिभ स्मिथलाई ५ रनमा क्याच आउट गराएपछि अष्ट्रेलिया दबाबमा परेको थियो । जेम्श निशमले मार्कस स्टोइनिसलाई २१ र ग्लेन म्याक्सवेललाई १ रनमा क्याच आउट गराएपछि अष्ट्रेलिया कमजोर अवस्थामा पुगेको थियो । प्याट कमिन्स २३ रनमा अविजित रहे ।

बोल्टले अन्तिम ओभरमा ह्याट्रिक गरे । बोल्टले अन्तिम ओभरको तेस्रो बलमा उस्मान खवाजालाई बोल्ड आउट गरे । लगत्तै चौथो बलमा मिचेल स्टार्कलाई पनि बोल्ड आउट गरे । पाँचौ बलमा जेसन बेहरनडर्फलाई एलवी डब्लू आउट गर्दै बोल्टले ह्याट्रिक पुरा गरेका थिए ।

ह्याट्रिक लिएका बोल्टले १० ओभरमा १ मेडन सहित ५१ रन खर्चेर ४ विकेट लिए । लोकी फर्गुसन र जेम्श निशमको नाममा समान २ विकेट रह्यो । त्यस्तै कप्तान केन विलियमसनले १ विकेट लिए ।

February 22, 2025

इंग्लिसको शतकमा अस्ट्रेलियासँग इङ्ग्ल्याण्डको हार

एजेन्सी – जोस इंग्लिसको शतकमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को शनिवार भएको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो । छैठौं संस्करणको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन बनेयता अस्ट्रेलियाले कुनै खेल जितेको थिएन । च्याम्पियन्स ट्रफीको […]

February 22, 2025

कैलाली प्रिमियर लिग – भिमदत्त र त्रिवेणी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा समूह ‘डी’ को पहिलो खेलमा भिमदत्त नगरपालिकाले पर्शुराम नगरपालिकालाई ४७ रनले पराजित गरेको छ । १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा पर्शुरामले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो । पर्शुरामका लागि कप्तान राज विश्वकर्माले सर्वाधिक ३८ रन बनाए […]

February 22, 2025

डकेटको कीर्तिमानी शतकमा अस्ट्रेलियालाई विशाल लक्ष्य

एजेन्सी – ओपनर बेन डकेटको कीर्तिमानी शतकसँगै च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्याण्डले अस्ट्रेलियालाई विशाल लक्ष्य दिएको छ । समूह ‘बी’ को जारी खेलमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डबाट ३ सय ५२ रनको विशाल लक्ष्य पाएको हो । पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस हारेर ब्याटिङको निमन्त्रणा पाएको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५१ रनको विशाल योगफल तयार […]

Success

Thank you for your time.