default_image

6 years ago

June 28, 2019

श्रीलंकाद्वारा दक्षिण अफ्रिकालाई सामान्य लक्ष्य

53 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा श्रीलंकाले दक्षिण अफ्रिकालाई २ सय ४ रनको सामान्य लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९.३ ओभरमा अल आउट हुँदै २ सय ३ रन बनायो । श्रीलंकाले पहिलो ओभरको पहिलो बलमै कप्तान दिमुथ करुणारत्नेलाई शून्यमा गुमाएको थियो । उनलाई कागिसो रबडाले कप्तान फाफ डु प्लेसिसबाट क्याच आउट गराए । दोस्रो विकेटका लागि अविष्का फर्नान्डो र कुशल परेराले ६७ रनको साझेदारी गर्दै श्रीलंकाको इनिङ उकासेका थिए ।

तर दशौं ओभरको पाँचौ बलमा ड्वाइन पिटोरियसले कप्तान डु प्लेसिसबाटनै क्याच गराउँदै फ्रर्नान्डोलाई ३० रनमा आउट गरेपछि दक्षिण अफ्रिका खेलमा फर्किएको थियो । उनले २९ बलमा ४ चौका प्रहार गरे । त्यस्तै १२ ओभरको तेस्रो बलमा प्रिटोरियसले परेरालाई ३० रनमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काए । श्रीलंकाको विकेटपतन क्रम रोकिएन । कुनै पनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् ।

कुशलले ३४ बलमा ४ चौका प्रहार गरे । कुशल मेन्डिस २३,एन्जिलो मथ्युज ११ र धनञ्जय डी शिल्भा २४ रनमा आउट भएपछि श्रीलंका संकटमा परेको थियो । तल्लोक्रमका तिसेरा परेराले २५ बलमा २१,इसुरु उडनाले १७ ,सुरुङ्गा लकमल ५ र लाथिस मलिंगाले ४ रनको योगदान दिए ।

दक्षिण अफ्रिका लागि ड्वाइन पिटोरियसले १० ओभरमा २ मेडन सहित २५ रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै क्रिस मोरिसले ९.३ ओभरमा ४६ रन खर्चेर ३ र कागिसो रबाडाले २ विकेट हात पारे । एन्डिलो फहलुकवयो र जेपी ड्युमिनीको नाममा पनि समान १ विकेट रह्यो ।

January 23, 2025

महिला पिएम कप – बागमतीमाथि एपिएफको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबले बागमती प्रदेशमाथि सहज जित हात पारेको छ । बिहीवारकाे पहिलाे खेलमा विभागीय टोली एपिएफले सुपर फोरको पहिलो खेलमा बागमतीलाई १० विकेटले पराजित गरेको हो । खराब मौसमका कारण केही ढिला सुरु भएको खेल १८ ओभरमा छोट्याईएको थियो । बागमतीले दिएको ४३ […]

January 23, 2025

महिला त्रिकोणात्मक सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको खेल तालिका परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीवार विज्ञप्ति जारी गर्दै खेल तालिका परिवर्तन भएको जनाएको छ । क्यानले यस अघि जनाए जस्तै सिरिज माघ १७ देखि २५ (जनवरी ३० देखि फेब्रुअरी ७) गते सम्म […]

January 23, 2025

कुशल सम्मिलित डेजर्टको जित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा अर्को जित हासिल गरेको छ । सुरुवाती ४ खेलमा लगातार जित हात पारेको डेजर्ट पाँचौ खेलमा भने पराजित भएको थियो । लिगको आफ्नो छैठौं खेलमा भने डेजर्टले फेरि जित हात पारेको हो । डेजर्टले बुधवार भएको खेलमा सारजहा वारियर्सलाई […]

Success

Thank you for your time.