6 years ago
June 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सिंगापुरमा हुने आईसीसी विश्वकप एसिया टी ट्वान्टी छनोट अघि नेपालले मलेसियासँग दुई टी ट्वान्टी सिरिज खेल्ने भएको छ ।
मलेसियन क्रिकेट बोर्डले शुक्रबार सार्वजनिक गरे अनुसार नेपालले असार २८ र २९ (जुलाई १३-१४) मा किनरारा ओभल क्रिकेट मैदानमा दुई टी ट्वान्टी सिरिज खेल्ने पक्का भएको हो । आईसीसी विश्वकप टी ट्वान्टी एसिया छनोट आगमी जुलाई २०-२८ सम्म सिंगापुरमा हुने छ । प्रतियोगितामा नेपाल सहित सिंगापुर, कुवेत, मलेसिया र कतार रहेका छन् ।
प्रतियोगिताको विजेताले ग्लोबल छनोट खेल्न पाउने छ । २५ सदस्य टोली सहित बन्द प्रशिक्षणमा रहेको नेपाली टोली अन्तिम १८ सदस्य टोली घोषणा गर्ने तयारीमा छ । यस नेपाललाई प्रतियोगिताको उपाधि दाबेदार मध्येको एक मानिएको छ ।
January 23, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर सम्झना खड्काको अर्धशतकको सहयोगमा कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई हराएको छ । बिहीवार भएको सुपर फोरको खेलमा विभागीय टोली आर्मीले सुदूरपश्चिम प्रदेशलाई १४ रनले हराएको हो । आर्मी समूह बी को विजेता तथा सुदूरपश्चिम समूह ए को उपविजेता बन्दै सुपर फोरमा पुगेका थिए […]
January 23, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबले बागमती प्रदेशमाथि सहज जित हात पारेको छ । बिहीवारकाे पहिलाे खेलमा विभागीय टोली एपिएफले सुपर फोरको पहिलो खेलमा बागमतीलाई १० विकेटले पराजित गरेको हो । खराब मौसमका कारण केही ढिला सुरु भएको खेल १८ ओभरमा छोट्याईएको थियो । बागमतीले दिएको ४३ […]
January 23, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको खेल तालिका परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीवार विज्ञप्ति जारी गर्दै खेल तालिका परिवर्तन भएको जनाएको छ । क्यानले यस अघि जनाए जस्तै सिरिज माघ १७ देखि २५ (जनवरी ३० देखि फेब्रुअरी ७) गते सम्म […]