default_image

9 years ago

May 24, 2016

बैंगलोर आइपिएलको फाइनलमा, डि भिलियर्सको दमदार प्रदर्शन

136 views

0 Bookmark

बैंगलोर (एजेन्सी)- एबी डि भिलियर्सको उत्कृष्ट प्रदर्शनबाट प्रेरित रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा पुगेको छ । आइपिएलको पहिलो प्ले अफमा गुजरात लायन्सलाई ४ विकेटले हराउँदै बैंगलोर फाइनल पुगेको हो ।

छक्का प्रहार गर्दै बैंगलोरका एबी डि भिलियर्स ।

छक्का प्रहार गर्दै बैंगलोरका एबी डि भिलियर्स ।

उच्च फर्ममा रहेको कप्तान विराट कोहलीलगायत माथ्थिलो क्रमका ब्याट्सम्यान सस्तैमा आउट भएपछि डि भिलियर्सले एक्लै मोर्चा सम्हालेका थिए । बैंगलोरले एक समय २९ रनमा ५ विकेट गुमाइसकेको थियो । ४७ बलमा डि भिलियसले अविजित ७९ रन बनाएपछि १ सय ५९ रनको लक्ष्य पछ्याएको बैंगलोरले १० बल अघि ६ विकेट गुमाएर प्राप्त गरेको थियो । म्यान अफ दि म्याच डि भिलियर्सले ५ चौका र त्यतिनै छक्का प्रहार गरेका थिए । उनको तारिफ गर्दै कप्तान कोहलीले दबाबका बीच गरेको प्रदर्शनले टोलीको मनोबललाई उच्च बनाएको छ । तल्लो क्रमका स्टुआर्ट बिन्नी र अन्त्यमा इक्वाल अब्दुल्लाले डि भिलियर्सलाई साथ दिएकाथिए । अब्दुल्ला ३३ रनमा अविजित रहे भने बिन्नीले २१ रन बनाए । त्यसबाहेक कुनै ब्याट्सम्यानले दोहोरो आकँडा बनाएनन् । कोहलीले खाता खोल्न सकेनन् भने क्रिस गेल ९, लोकेश राहुल शूनय, सेन वाट्सन १ र सचिन बेबी शून्य रनमा आउट भए । कोहली र गेललाई बोल्ड गरेका गुजराजका धवल कुलकर्णीले राहुल र बेबीको विकेट पनि लिएका थिए । उनले ४ विकेटका लागि ४ ओभरमा मात्र १४ रन दिएका थिए । बाँकी २ विकेट रविन्द्र जडेजाले लिए ।
त्यसअघि टस हारेर पहिलो ब्याटिडको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । ड्वाने स्मिथले अर्धशक बनाएपछि टोलीले डेढसयको आकडा पार गरेको थियो । ब्राभोले ४१ बलमा ५ चौका र ६ छक्कामा ७३ रन बनाए । दिनेश कार्तिकले २६, एकलव्य दुवेदीले १९ र कुलकर्णीले १० रन बनाए । बैंगलोरका वाट्सनले ४, क्रिस जोर्डनले २ र युजबेन्द्र चाहालाले १ विकेट लिए ।
आइपिएलको दोस्रो प्ले अफमा बुधबार कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पधा हुनेछ ।

March 10, 2025

पिएम कपमा आर्मीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]

March 10, 2025

च्याम्पियन्स ट्रफी -आयोजक पाकिस्तान, उपस्थिति शुन्य

एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]

March 10, 2025

च्याम्पियन्स ट्रफी विजेता टोलीले सेतो ब्लेजर किन लगाउँछ?

एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको‌ उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि  क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो।  ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]

Success

Thank you for your time.