6 years ago
June 26, 2019
एजेन्सी – युवा अलराउण्डर जेम्श निशमले आफ्नो वान डे करियरकै उत्कृष्ट प्रर्दशन गरेपछि एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई २ सय ३८ रनको मध्यम लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ३७ रन बनायो । न्युजिल्यान्डलाई मध्यम योगफलसम्म पुर्याउन जेम्श निशम आफ्नो वान डे करियरकै उत्कृष्ट प्रर्दशन गर्दै १ सय १२ बलमा ५ चौका र ३ छक्का सहित ९७ रनमा अविजित रहे । अन्तिम बलमा वहाब रियाजलाई छक्का प्रहार गरेपनि उनि आफ्नो वान डे करियरको शतक पुरा गर्न ३ रनले पछि परे ।
त्यस्तै कोलिन डी ग्राण्ड होमले पनि ७१ बलमा ६ चौका र १ छक्कासहित ६४ रनको योगदान दिए । एक समय २६.२ ओभरमा ८३ – ५ को कमजोर अवस्थामा पुगेको न्युजिल्यान्डलाई जेम्श निशम र कोलिन डी ग्राण्ड होमले छैटौं विकेटका लागि १ सय ३२ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याएका हुन् । यी दुईबीचको साझेदारी ४८ ओभरको चौथो बलमा डी ग्राण्ड होम रन आउट हुन पुग्दा तोडिएको थियो ।
न्युजिल्यान्डले खराब सुरुवात गरेको थियो । मोहम्मद आमिरले दोस्रो ओभरको पहिलो बलमै ओपनर मार्टिन गुप्टिललाई ५ रनमा बोल्ड आउट गरे । सातौं ओभरको दोस्रो बलमा युवा खेलाडी शाहिन शाह अफ्रिदीले ह्यारिस सोहेलबाट क्याच गराउँदै अर्का ओपनर कोलिन मुनरोलाई १२ रनमा पेभिलिएन फर्काए । नवौं ओभरको अन्तिम बलमा अफ्रिदीले रोश टेलरलाई ३ रनमा क्याच आउट गराए ।
१३ औं ओभरको तेस्रो बलमा अफ्रिदीलेनै विकेटकीपर टम लेथमलाई १ रनमा क्याच आउट गराएपछि न्युजिल्यान्ड ४६–४ को दयनिय अवस्थामा पुगेको थियो । कप्तान केन विलियमसनले ६९ बलमा ४ चौका सहित ४१ रन जोड्दै न्युजिल्यान्डको इनिङ उकास्न खोजेका थिए । तर सादब खानले २६.२ ओभरमा कप्तान शरर्फराज अहमदबाट क्याच आउट गराएपछि न्युजिल्यानड ८३–५ को कमजोर अवस्थामा पुगेको थियो ।
पाकिस्तानका लागि युवा खेलाडी शाहिन शाह अफ्रिदीले १० ओभरमा ३ मेडन सहित २८ रन खर्चेर ३ विकेट हात पारे । मोहम्मद आमिर र सादब खानको नाममा समान १ विकेट रह्यो ।
February 22, 2025
एजेन्सी – अस्ट्रेलियाले इङ्ल्याण्ड विरुद्धको च्याम्पियन्स ट्रफीमा टस जितेको छ। पाकिस्तानको लाहोरस्थित गद्दाफी क्रिकेट स्टेडियममा टस जितेर अस्ट्रेलियाले इङ्ल्याण्डलाई पहिला ब्याटिङको लागि आमन्त्रण गरेको छ। यो समूहमा रहेको दक्षिण अफ्रिका फराकिलो रन रेट सहित शीर्ष स्थानमा रहेका कारण दुवै टोलीलाई सेमिफाइनलको यात्रा तय गर्न यो खेल महत्वपूर्ण रहेको छ । अस्ट्रेलिया सन् २००६ को पाँचौ […]
February 22, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को पहिलो राउन्डको अन्तिम खेलमा अस्ट्रेलिया र इङ्ग्ल्याण्ड भिड्दै छन् । पाकिस्तानको लाहोरस्थित गद्दाफी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । यो समूहमा रहेको दक्षिण अफ्रिका फराकिलो रन रेट सहित शीर्ष स्थानमा रहेका कारण दुवै टोलीलाई सेमिफाइनलको यात्रा तय गर्न यो खेल महत्वपूर्ण […]
February 21, 2025
एजेन्सी – ओपनर रायन रिकल्टनको शतक प्रेरित दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानलाई पराजित गरेको छ । समूह ‘बी’ को शुक्पहिलोकि खेलमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाले १ सय ७ रनको जित हात पारेको हो । ३ सय १६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २ सय ८ रनमा समेटियो । अफगानिस्तानका रहमत साहले सर्वाधिक ९० […]