default_image

6 years ago

June 24, 2019

सकीबको कीर्तिमानी प्रदर्शनसँगै बंगलादेशको सहज जित

82 views

0 Bookmark

एजेन्सी – अलराउन्डर सकीब अल हसनले घातक बलिङ गर्दै एक्लै पाँच विकेट लिएसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले पराजित गरेको छ । यो जितसँगै बंगलादेश ७ खेलमा समान ३ मा जित र हारका साथ ७ अंक बटुल्दै अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ । अफगानिस्तानको भने लगातार सातौं हार हो ।

२ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ४७ ओभरमा अल आउट हुँदै २ सय रनमा समेटियो । अफगानिस्तानको लागि मध्यक्रमका समिउल्लाह शिनवारी ५१ बलमा ३ चौका र १ छक्का सहित ्४९ रनमा अविजित रहे । कप्तान गुलबदीन नाइबले ४७ रनको योगदान दिए । २९ ओभरको पहिलो बलमा सकीब अल हसनले लिटन दासबाट क्याच आउट गराउनु अघि नाइबले ७५ बलमा ३ चौका प्रहार गरे ।

ओपनर नाइब र रामत शाहले १०.५ ओभरमा ४९ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । सकीबले रहमात शाहलाई तामिम इकवालबाट २४ रनमा क्याच आउट गराए । हशमतुल्लाह शाहिदी ११ रनमा स्टम्पिङ आउट भए । सकीबले पुर्व कप्तान अस्गर अफगानलाई ३३ ओभरको दोस्रो बलमा २० रनमा क्याच आउट गराए । त्यस अघि सकीबले २९ ओभरको तेस्रो बलमा मोहम्मद नाबीलाई शुन्यमा बोल्ड आउट गरेपछि बंगलादेश सहज जिततर्फ लम्केको थियो ।
त्यस्तै विकेटकीपर इकराम अलीखिल ११,नजिवउल्लाह जदरान २३,राशिद खान २,दलावत जदरान र मुजिव उर रहमान डक आउट भए ।

बंगलादेशलाई सहज जित दिलाउन सकीब अल हसनले १० ओभरमा १ मेडन सहित २९ रन खर्चेर ५ विकेट लिए । विश्वकपमा बंगलादेशबाट ५ विकेट लिने सकीब पहिलो क्रिकेटर हुन् । विश्वकपको एकै खेलमा ५ विकेट र अर्धशतक बनाउने सकीब दोस्रा खेलाडी बने । सकीब एक दिवसिय विश्वकप क्रिकेटमा ४ सय रन र १० विकेट लिने पहिलो अलराउण्डर समेत बनेका छन् । मुस्ताफिजुर रहमान २, मोहम्मद सैफुद्दीन र मोसाद्देक हसन नाममा समान १ विकेट रह्यो ।

त्यसअघि साउथह्याप्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६२ रन बनाएको थियो । बंगलादेशका लागि विकेटकीपर मुश्फिकुर रहिमले उत्कृष्ट प्रर्दशन गरे । ४९ ओभरको तेस्रो बलमा मोहम्मद नाबीबाट क्याच आउट हुनुअघि रहिमले ८७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै महत्वपूर्ण ८३ रनको योगदान दिए ।

बंगलादेशले मध्यम सुरुवात गरेको थियो । पहिलो विकेटका रुपमा पाँचौ ओभरको दोस्रो बलमा मुजिव उर रहमानले लिटन दासलाई १६ रनमा क्याच आउट गराए । १७ ओभरको अन्तिम बलमा मोहम्मद नाबीले बोल्ड आउट गर्नुअघि अर्का ओपनर तामिम इकवालले ५३ बलमा ४ चौका प्रहार गर्दै ३६ रन जोडे । तेस्रो विकेटका लागि मुश्फिकुर रहिम र सकिब अल हसनले ६१ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

यी दुईबीचको साझेदारी ३० ओभरको दोस्रो बलमा मुजिवले सकिबलाई ५१ रनमा एलवी डब्लू आउट गर्दै तोडे । सकिबले ६९ बलमा १ चौका प्रहार गरे । सौम्य सरकारलाई मुजिवले ३ रनमा एलवी डब्लू आउट गरे । महमुदुल्लाहलाई कप्तान गुलबदीन नाइबले मोहम्मद नाबबाट ४३ ओभरको अन्तिम बलमा २७ रनमा क्याच आउट गराए । मोसाद्देक हसनले २४ बलमा ४ चौका सहित ३५ रन बटुले ।

अफगानिस्तानका लागि मुजिव उर रहमानले १० ओभरमा ३९ रन खर्चेर ३ विकेट हात पारे । कप्तान गुलवदीन नाइबले २ विकेट लिदा मोहम्मद नाबी र दवालत जदरानको नाममा समान १ विकेट रह्यो ।

January 23, 2025

महिला त्रिकोणात्मक सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको खेल तालिका परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीवार विज्ञप्ति जारी गर्दै खेल तालिका परिवर्तन भएको जनाएको छ । क्यानले यस अघि जनाए जस्तै सिरिज माघ १७ देखि २५ (जनवरी ३० देखि फेब्रुअरी ७) गते सम्म […]

January 23, 2025

कुशल सम्मिलित डेजर्टको जित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा अर्को जित हासिल गरेको छ । सुरुवाती ४ खेलमा लगातार जित हात पारेको डेजर्ट पाँचौ खेलमा भने पराजित भएको थियो । लिगको आफ्नो छैठौं खेलमा भने डेजर्टले फेरि जित हात पारेको हो । डेजर्टले बुधवार भएको खेलमा सारजहा वारियर्सलाई […]

January 22, 2025

अभिषेकको अर्धशतकमा भारतले इङ्ग्ल्याण्डलाई हरायो

एजेन्सी – ओपनर अभिषेक शर्माको अर्धशतक प्रेरित भारतले इङ्ग्ल्याण्डलसई पहिलो टि ट्वान्टी आईमा हराएको छ । भारतको कोलकातामा बुधवार भएको खेलमा घरेलु टोलीले इङ्ग्ल्याण्डलाई ७ विकेटले पराजित गर्यो । जितसँगै भारतले ५ खेलको सिरिजमा १- ० को अग्रता लिएको छ । १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो […]

Success

Thank you for your time.