default_image

6 years ago

June 22, 2019

विलियमसनको शतकमा न्युजिल्यान्डको बलियो योगफल

84 views

0 Bookmark

एजेन्सी – कप्तान केन विलियमसनले शानदार शतक प्रहार गर्दै आफ्नो वान डे करियरकै उत्कृष्ट प्रर्दशन गरेपछि एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको दोस्रो खेलमा न्युजिल्यान्डले वेस्ट इन्डिजलाई २ सय ९२ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९१ रन बनायो । न्युजिल्यान्डका लागि विलियमसनले १ सय ४८ रनको उत्कृष्ट शतकीय कप्तानी इनिङ खेल्दै बलियो योगफल सम्म पुर्याए । ४७ ओभरको तेस्रो बलमा क्याच आउट हुनु विलियमसनले १ सय ५४ बलमा १४ चौका र १ छक्का प्रहार गरे । त्यसअघि विलियमसनले १ सय २४ बलमा आफ्नो वान डे करियरको १३ औं शतक पुरा गरेका थिए । इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेटमा विलियमसनको यो लगातार दोस्रो शतक समेत हो । यस अघि दक्षिण अफ्रिकासँगको खेलमा पनि शतक प्रहार गरेका थिए ।

न्युजिल्यान्डले पहिलो बलमै ओपनर मार्टिन गुप्टिललाई शुन्यमा गुमाएको थियो । गुप्टिललाई शिल्डन कर्टेलले एलवी डब्लू आउट गरे । यसै ओभरको पाँचौ बललमा उनले अर्का ओपनर कोलिन मुनरोलाई शुन्यमा बोल्ड आउट गरेपछि न्युजिल्यान्ड दबाबमा परेको थियो । तर विलियमसन र रोश टेलरले तेस्रो विकेटका लागि १ सय ६० रनको उत्कृष्ट साझीदारी गर्दै इनिङ उकासे । यी दुईशीचको साझेदारी ३५ ओभरको तेस्रो बलमा क्रिस गेलले कप्तान जोसन होल्डरबाट ६९ रनमा क्याच गराउँदै तोडे । टेलरले ९५ बलमा ७ चौका प्रहार गरे ।

तल्लोक्रमका जेम्श निशमले २३ बलमा समान १ चौका र छक्का सहित २८ रन,टम लेथम १२, मिचेल सान्टनार १० र कोलिन डी ग्राण्ड होमले १७ रनको योगदान दिए । वेस्ट इन्डिजका लागि शिल्डन कर्टेलले १० ओभरमा १ मेडन सहित ५६ रन खर्चेर ४ विकेट लिए । त्यस्तै कार्लोस वर्थवेट २ र क्रिस गेलको नाममा १ विकेट रह्यो ।

January 23, 2025

कुशल सम्मिलित डेजर्टको जित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा अर्को जित हासिल गरेको छ । सुरुवाती ४ खेलमा लगातार जित हात पारेको डेजर्ट पाँचौ खेलमा भने पराजित भएको थियो । लिगको आफ्नो छैठौं खेलमा भने डेजर्टले फेरी जित हात पारेको हो । डेजर्टले बुधवार भएको खेलमा सारजहा वारियर्सलाई […]

January 22, 2025

अभिषेकको अर्धशतकमा भारतले इङ्ग्ल्याण्डलाई हरायो

एजेन्सी – ओपनर अभिषेक शर्माको अर्धशतक प्रेरित भारतले इङ्ग्ल्याण्डलसई पहिलो टि ट्वान्टी आईमा हराएको छ । भारतको कोलकातामा बुधवार भएको खेलमा घरेलु टोलीले इङ्ग्ल्याण्डलाई ७ विकेटले पराजित गर्यो । जितसँगै भारतले ५ खेलको सिरिजमा १- ० को अग्रता लिएको छ । १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो […]

January 22, 2025

भारतविरुद्ध इङ्ग्ल्याण्डको सामान्य योगफल

एजेन्सी – भारतविरुद्धको पहिलो टि ट्वान्टी आईमा इङ्ग्ल्याण्डले सामान्य योगफल तयार गरेको छ । भारतको कोलकातामा जारी खेलमा इङ्ग्ल्याण्डले भारतलाई १ सय ३३ रनको सामान्य लक्ष्य दिएको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय ३२ रनको सामान्य योगफल तयार गरेको छ। […]

Success

Thank you for your time.