6 years ago
June 22, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा उपाधिको दाबेदार भारतले कमजोर अफगानिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।
भारतले टस जितेर कप्तान विराट कोहलीले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । भारतले आज एक खेलाडी परिवर्तन गरेको छ । घाइते भुवनेश्वर कुमारको स्थानमा मोहम्मद सामीलाई स्थान दिएको छ । अफगानिस्तानले भने दुई खेलाडी परिवर्तन गरेको छ ।
भारतको प्लेइङ ११ : रोहित शर्मा,विराट कोहली(कप्तान), लोकेश राहुल, महेन्द्र सिंह धोनी(विकेटकीपर), केदार जाधव, हार्दिक पान्ड्या, मोहम्मद सामी, कुलदीप यादव, युजवेन्द्र चाहल, जसप्रित बुमराह,विजय शंकर
अफगानिस्तानको प्लेइङ ११ : रहमत शाह, हज्रतुल्लाह जजाई, नजिवुल्लाह, हशमतुल्ला शाहीदि, अस्गर अफगान, मोहम्मद नाबी, इकराम अलिखिल, गुवदीन नाइब(कप्तान), राशिद खान, मुजिव उर रहमान, अफ्ताब आलम
January 23, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा अर्को जित हासिल गरेको छ । सुरुवाती ४ खेलमा लगातार जित हात पारेको डेजर्ट पाँचौ खेलमा भने पराजित भएको थियो । लिगको आफ्नो छैठौं खेलमा भने डेजर्टले फेरी जित हात पारेको हो । डेजर्टले बुधवार भएको खेलमा सारजहा वारियर्सलाई […]
January 22, 2025
एजेन्सी – ओपनर अभिषेक शर्माको अर्धशतक प्रेरित भारतले इङ्ग्ल्याण्डलसई पहिलो टि ट्वान्टी आईमा हराएको छ । भारतको कोलकातामा बुधवार भएको खेलमा घरेलु टोलीले इङ्ग्ल्याण्डलाई ७ विकेटले पराजित गर्यो । जितसँगै भारतले ५ खेलको सिरिजमा १- ० को अग्रता लिएको छ । १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो […]
January 22, 2025
एजेन्सी – भारतविरुद्धको पहिलो टि ट्वान्टी आईमा इङ्ग्ल्याण्डले सामान्य योगफल तयार गरेको छ । भारतको कोलकातामा जारी खेलमा इङ्ग्ल्याण्डले भारतलाई १ सय ३३ रनको सामान्य लक्ष्य दिएको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय ३२ रनको सामान्य योगफल तयार गरेको छ। […]