default_image

6 years ago

June 22, 2019

फराकिलो जित निकाल्ने दाउमा भारत

113 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा उपाधिको दाबेदार भारतले कमजोर अफगानिस्तानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखी सुरु हुनेछ ।

जारी प्रतियोगितामा पराजित नभएको भारतले जित विहीन अफगानिस्तानमाथि फराकिलो जित निकाल्ने दाउमा छ । भारत ४ खेलमा ३ मा जित सहित चौथो स्थानमा छ । यता अंक बिहीन अफगानिस्तान ५ खेलमा पाँचै खेल गुमाउँदै पुछारमा छ । अफगानिस्तान आजको खेलमा पराजित भए यस प्रतियोगिताबाट लगभग बाहिरिने छ ।

यस अघि इंग्ल्यान्डसँग निकै कमजोर प्रर्दशन गरेको अफगानिस्तान थप दवावमा छ । इंग्ल्यान्डसँगको खेलमा उसका प्रमुख बलर राशिद खानले ९ ओभरमा १ सय १० रन खर्चिएका थिए । जुन अफगानिस्तानको लागि थप चिन्ताको विषय हो । राशिदले यस विश्वकपमा आसा गरे अनुसारको प्रर्दशन गर्न सकि रहेका छैनन् ।

शीर्षक्रममा निकै आसा गरिएको हज्रतुल्लाह जजाई चल्न नसक्नु अफगानिस्तानलाई थप चिन्ताको विषय हो । मोहम्मद नाबी,अस्गर अफगान,युवा विकेटकीपर इकराम अलीले पनि रन जोड्न सकि रहेका छैनन् ।

विश्वकप सुरुहुन एक महिना बाँकी रहेको अवस्थामा अस्गर अफगानलाई कप्तानबाट हटाउँदै गुलबदीन नाइबलाई कप्तान बनाउने निर्णय अफगानिस्तानको लागि घातक सावित भएको छ ।

शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्ने दाउमा रहेको भारत फराकिलो जित निकाल्ने धुनमा रहने छ । पाकिस्तानको खेलमा सानदार शतक प्रहार गरेका रोहित शर्मा,कप्तान विराट कोहली,हार्दिक पान्ड्या र महेन्द्रसिंह धोनीको ठूलो इनिङमा भारतले रनको पहाड बनाउन सक्छ । स्पिनर युजवेन्द्र चाहल,कुलदीप यादव तीब्र गतिका बलर जसप्रित बुमराहको बलमा अफगानिस्तानका ब्याट्सम्यानलाई रोन जोड्न पक्कै सहज हुने छैन ।

आजको खेलमा युवा विकेटकीपर ऋषभ पन्तले टोलीमा मौका पाउन सक्ने उच्च संभावना छ । शिखर धवन चोटका कारण विश्वकपबाट बाहिरिएपछि पन्तले भारतीय टोलीमा मौका पाएका हुन् । यता चौथो नम्बरका ब्याट्सम्यान विजय शंकर पनि अभ्यासको क्रममा चोटिल छन् । यो अवस्थामा पन्तले मौका पाउन सक्ने उच्च संभावना देखिन्छ । त्यस्तै आजका खेलमा भुवनेश्वर कुमार पनि टोलीमा हुने छैनन्

पाकिस्तानसँगको खेलमा माशंपेशीमा समस्या आएपछि उनले योसँगै वेस्ट इन्डिज र इंग्ल्यान्डसँगको खेल पनि गुमाउने छन् । उनको स्थान संभवत मोहम्मद सामीले लिने छन् । गत सेप्टेम्बरमा भएको एसिया कप क्रिकेटको सुपर फोर खेलमा अफगानिस्तानले भारतलाई बराबरीमा रोकेको थियो । त्यस्तै सन् २०१५ को विश्वकपमा भारतले अफगानिस्तानलाई १ सय ५३ रनले पराजित गरेको थियो ।

January 23, 2025

कुशल सम्मिलित डेजर्टको जित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा अर्को जित हासिल गरेको छ । सुरुवाती ४ खेलमा लगातार जित हात पारेको डेजर्ट पाँचौ खेलमा भने पराजित भएको थियो । लिगको आफ्नो छैठौं खेलमा भने डेजर्टले फेरी जित हात पारेको हो । डेजर्टले बुधवार भएको खेलमा सारजहा वारियर्सलाई […]

January 22, 2025

अभिषेकको अर्धशतकमा भारतले इङ्ग्ल्याण्डलाई हरायो

एजेन्सी – ओपनर अभिषेक शर्माको अर्धशतक प्रेरित भारतले इङ्ग्ल्याण्डलसई पहिलो टि ट्वान्टी आईमा हराएको छ । भारतको कोलकातामा बुधवार भएको खेलमा घरेलु टोलीले इङ्ग्ल्याण्डलाई ७ विकेटले पराजित गर्यो । जितसँगै भारतले ५ खेलको सिरिजमा १- ० को अग्रता लिएको छ । १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो […]

January 22, 2025

भारतविरुद्ध इङ्ग्ल्याण्डको सामान्य योगफल

एजेन्सी – भारतविरुद्धको पहिलो टि ट्वान्टी आईमा इङ्ग्ल्याण्डले सामान्य योगफल तयार गरेको छ । भारतको कोलकातामा जारी खेलमा इङ्ग्ल्याण्डले भारतलाई १ सय ३३ रनको सामान्य लक्ष्य दिएको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय ३२ रनको सामान्य योगफल तयार गरेको छ। […]

Success

Thank you for your time.