default_image

5 years ago

June 21, 2019

श्रीलंकाले उपाधि दाबेदार इंग्ल्यान्डलाई हरायो

56 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेटमा श्रीलंकाले उपाधिको बलियो दाबेदार घरेलु टोली इंग्ल्यान्डलाई पराजित गरेको छ । शुक्रबार राती सम्पन्न खेलमा श्रीलंकाले इंग्ल्यान्डलाई २० रनले स्तब्ध पारेको हो ।

२ सय ३३ रनको लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्ड ४७ ओभरमा अल हुँदै २ सय १२ रनमा समेटिन पुग्यो । इंग्ल्यान्डको लागि बेन स्टोक्सले उत्कृष्ट प्रर्दशन गर्दै ८२ रनमा अविजित रहेपनि अन्य खेलाडीको साथ नपाउँदा पराजित हुन पुगेको हो । स्टोक्सले ८९ बलमा ७ चौका र ४ छक्का प्रहार गरे ।

इंग्ल्यान्डले पहिलो ओभरको दोस्रो बलमा ओपनर जोनी बेयरस्टोलाई शुन्यमा गुमाएको थियो । उनलाई लाथिस मलिङ्गाले एलवी डब्लू आउट गरे । सातौं ओभरको पाँचौ बलमा जेम्श भिन्सलाई मलिङ्गाले १४ रनमा कुशल मेन्डिसबाट क्याच आउट गराए । १९ ओभरको चौथो बलमा इसरु उडानाले कप्तान इओन मोर्गनलाई १८ रनमा आफैं क्याच लिँदै पेभिलिएनको बाटो देखाएपछि इंग्ल्यान्ड दबाबमा परेको थियो ।

चौथो विकेटका लागि जो रुट र बेन स्टोक्सले ५४ रनको साझेदारी गर्दै दबाब केहि कम गरे । तर मलिङ्गाले ३१ ओभरको तेस्रो बलमा जो रुटलाई कुशल परेराबाट ५७ रनमा क्याच आउट गराएपछि इंग्ल्यान्ड थप समस्यामा परेको थियो । तल्लोक्रममा ठूलो आसा गरिएका विकेटकीपर जस बटलरलाई मालिंगाले नै एलबीडब्लू आउट गर्दै १० रनमा पेभिलिएन फर्काएपछि इंग्ल्यान्ड संकटमा परेको थियो । धनञ्जय डी शिल्भाले मोइन अलीलाई १६, क्रिस वोक्सलाई २ र आदिल राशिदलाई १ रनमा क्याच आउट गराएपछि इंग्ल्यान्डको जित टाढिएको थियो ।

जोफ्रा आर्चरबाट आशा गरिएको थियो । तर ४४ ओभरको चौथो बलमा ठूलो शट खेल्ने धुनमा बाउन्ड्री लाइन नजिकै थिसारा परेराबाट ३ रनमा क्याच आउट भएपछि श्रीलंका जित नजिक पुगेको थियो । श्रीलंका लागि लाथिस मलिङ्गाले १० ओभरमा १ मेडन सहित ४३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै धनन्जय डी शिल्भाले पनि ८ ओभरमा ३२ रन खर्चेर ३ विकेट हात पारे । इसुरु उडाना २ र नुवान प्रदीपको नाममा १ विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो। श्रीलंका लागि पुर्व कप्तान समेत रहेका एन्जिलो मेथ्यिुजले सर्वाधिक अविजित ८५ रनको योगदान दिए । उनले १ सय १५ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

ओपनर दिमुथ करुणारत्नेलाई जोफ्रा आर्चरले दोस्रो ओभरमा अन्तिम बलमा विकेटकीपर जस बटलरबाट क्याच गराउँदै १ पेभिलिएन फर्काएका थिए । लगत्तै दुई बलपछि अर्का ओपनर कुशल परेरा २ रनमा क्याच आउट हुन पुगे । तेस्रो विकेटका लागि अबिष्का फर्नान्डो र कुशल मेन्डिसले ५९ रनको साझेदारी गर्दै दबाब कम गरेका थिए । १३ ओभरको पाँचौ बलमा मार्क उडले आदिल राशिदबाट फर्नान्डोलाई ४९ रनमा क्याच आउट गर्दै साझेदारी तोडेका थिए । उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

चौथो विकेटका लागि मेन्डिस र मेथ्यिुजले ७१ रनको साझेदारी गर्दै इनिङ उकासे । ३० ओभरको चौथो बलमा आदिल राशिदले कप्तान इओन मोर्गनबाट क्याच गराउँदै मेन्डिसलाई ४६ रनमा पेभिलिएन फर्काए । लगत्तै अर्को बलमा राशिदले जीवन मेन्डिसलाई शुन्यमा आउट गरे । धनञ्जय डी शिल्भा २९,तिसेरा परेरा २,इसुरु उडाना ६ र लाथिस मलिङ्गा १ रनमा आउट भए ।

इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले १० ओभरमा २ मेडन सहित ५२ रन खर्चेर ३ विकेट लिए । मार्क उडले ८ ओभरमा ४० रन खर्चेर ३ विकेट हात पारे । आदिल राशिद २ र क्रिस वोक्सको नाममा १ विकेट रह्यो ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.