6 years ago
June 19, 2019
काठमाडौं(हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल विराटनगरको कोशी मल्टिपल कलेजको ब्रान्ड एम्बासडर बनेका छन् । विराटनगरमा आयोजित कार्यक्रममा ज्ञानेन्द्र पाँच वर्षका लागि कोशी मल्टिपल कलेजको ब्रान्ड एम्बासडर रहने जानकारी दिइयो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा हात पारेको ठूला सफलता र ती सफलताको कदर गर्दै आफ्नो ब्रान्ड एम्बासडर रुपमा नियुक्त गर्ने निर्णय गरेको कोसी मल्टिपल कलेजका निर्देशक मनीष स्वर्णकारले बताए ।
ज्ञानेन्द्रको सहकार्यमा कलेजले विराटनगरमा क्रिकेट प्रशिक्षणसमेत सञ्चालन जनाएको छ ।
ज्ञानेन्द्रसँगको सम्झौताले कलेजले नेपाली क्रिकेट विकासमा सहयोग पु¥याउने अवसर मिलेको रुपमा लिइएको कलेजका निर्देशक स्वर्णकारलेब बताए ।
January 22, 2025
एजेन्सी – ओपनर अभिषेक शर्माको अर्धशतक प्रेरित भारतले इङ्ग्ल्याण्डलसई पहिलो टि ट्वान्टी आईमा हराएको छ । भारतको कोलकातामा बुधवार भएको खेलमा घरेलु टोलीले इङ्ग्ल्याण्डलाई ७ विकेटले पराजित गर्यो । जितसँगै भारतले ५ खेलको सिरिजमा १- ० को अग्रता लिएको छ । १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो […]
January 22, 2025
एजेन्सी – भारतविरुद्धको पहिलो टि ट्वान्टी आईमा इङ्ग्ल्याण्डले सामान्य योगफल तयार गरेको छ । भारतको कोलकातामा जारी खेलमा इङ्ग्ल्याण्डले भारतलाई १ सय ३३ रनको सामान्य लक्ष्य दिएको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय ३२ रनको सामान्य योगफल तयार गरेको छ। […]
January 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कपमा बुधवार मध्य पश्चिम र बिहार विश्वविद्यालय विजयी भएका छन्। कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमस बुधवारको दोस्रो खेलमा मध्य पश्चिमले काठमाडौं विश्वविद्यालयलाई १ सय ३४ रनले पराजित गरेको हो । १ सय ९३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४.२ ओभरमा ५८ रन जोड्दै अल आउट भयो । काठमाडौंका लागि दिवस सुवेदीले […]