default_image

5 years ago

June 19, 2019

शीर्षस्थानमा उक्लने न्युजिल्यान्डको लक्ष्य

35 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा बुधबार दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच प्रतिस्र्धा हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखी सुरु हुनेछ ।

दक्षिण अफ्रिका गर वा मरको अवस्थामा छ । शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने आसा जिवितै राख्न दक्षिण अफ्रिकालाई जित्नै पर्ने दबाब छ । न्युजिल्यान्ड ४ खेलमा ३ मा जित सहित ७ अंक बटुल्दै तेस्रो स्थानमा छ । आजको खेलमा विजयी भए न्युजिल्यान्ड शीर्षस्थानमा उक्लिदै सेमिफाइनल खेल्ने यात्रा बलियो बनाउने छ । शीर्षस्थानमा रहेको इंग्ल्यान्डले ५ खेलमा ४ मा जित र १ मा हारका साथ ८ अंक जोडेको छ ।

न्युजिल्यान्डले श्रीलंकालाई १० विकेट,बंगलादेशलाई २ र अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । भारतसँगको खेलमा भने वर्षाको कारण अंक बाँडेको थियो । दक्षिण अफ्रिका ५ खेलमा १ मा जित, ३ मा हार र १ खेलमा अंक बाड्दै ३ अंकका साथ आठौं स्थानमा छ ।

न्युजिल्यान्डका कप्तान केन विलियम्सन, ट्रेन्ट बोल्ट, जेम्श निशम, म्याट हेनरी, ल्योकी फ्ग्र्युसन, मार्टिन गुप्टिल र रोश टेलर उत्कृष्ट लयमा छन् । बंगलादेशसँगको खेलमा घाईते भएका तीब्र गतिका बलर लुन्गी निडीले टोलीमा पुनरागमन गर्ने छन् । उनको आगमनले दक्षिण अफ्रिका तीव्र गतिको बलिङ लाइन थप बलियो बन्न सक्छ ।

दक्षिण अफ्रिका लागि ओपनर क्विन्टन डी कक, कप्तान फाफ डु प्लेसिस, इमरान ताहिर, कागिसो रबाडा प्रमुख हतियार हुन् । विश्वकपमा यी दुई देश ७ पटक भिडेका छन् । जसमा न्युजिल्यान्ड ५ पटक विजयी हुँदा २ खेलमा पराजित भएको छ ।

यी दुुई देशबीच ७० ओडीआई खेल भएको छ । जसमा दक्षिण अफ्रिका ४१ खेलमा विजयी हुँदा २४ खेलमा पराजित भएको छ । ५ खेल नतिजा विहिन छ । सन् २०१५ को विश्वकपमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई डक वर्थ लेविसका आधारमा ४ विकेटले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.