default_image

5 years ago

June 18, 2019

मोर्गनको विष्फोटक शतकसँगै इंग्ल्यान्डको कीर्तिमानी योगफल

47 views

0 Bookmark

एजेन्सी – कप्तान इओन मोर्गनले कीर्तिमानी विष्फोटक शतक प्रहार गरेसँगै एक दिवसिय विश्वकप क्रिकेटमा इंग्ल्यान्डले अफगानिस्तानलाई ३ सय ९८ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ९७ रन बनायो । विश्वकपमा इंग्ल्यान्डले बनाएको यो अहिले सम्मकै उच्च योगफल समेत हो ।

इंग्ल्यान्डलाई विशाल योगफल तयार पार्न कप्तान मोर्गनले आफ्नो वान डे करियरकै उत्कृष्ट प्रर्दशन गरे । गुलवदीन नाईबको ४७ ओभरको अन्तिम बलमा ठूलो शट खेल्ने धुनमा बाउन्डी लाइन नजिकै क्याच आउट हुनुअघि मोर्गनले मात्र ७१ बलमा १७ छक्का र ४ चौका सहित १ सय ४८ रनमा क्याच आउट भए । योसँगै मोर्गन एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान समेत बनेका छन् । उनले क्रिस गेलको रेकर्ड तोडेका हुन् ।

मोर्गनले मात्रै ५७ बलमा आफ्नो वान डे करियरको १३ औं शतक पुरा गरेका थिए मोर्गनले ४३ ओभरको अन्तिम बलमा राशिद खानलाई छक्का प्रहार गर्दै विश्कपमा आफ्नो पहिलो शतक समेत पुरा गरे । त्यस्तै जो रुटले ८८ रनको योगदान दिए । ४७ ओभरको चौथो बलमा गुवदीन नाईबको बलमा ठूलो शट खेल्ने धुनमा क्याच आउट हुनुअघि ८२ बलमा ५ चौका र १ छक्का प्रहार गरे । रुट र मोर्गनले तेस्रो विकेटका लागि १ सय ८९ रनको साझेदारी गर्दा इंग्ल्यान्डले विशाल योगफल बनाएको हो ।

जोनी बेयरस्टोले ९९ बलमा ८ चौका र ३ छक्का सहित ९० रनको योगदान दिए । ३० ओभरको पाँचौ बलमा कप्तान गुवदीन नाईबले आफैं उत्कृष्ट क्याच लिदै पेभिलिएन फर्काएपछि शतक पुरा गर्न १० रनले चुकेका थिए । बेयरस्टो र रुटलो दोस्रो विकेटका लागि १ सय २० रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए ।

त्यस अघि १० ओभरको तेस्रो बलमा दलावत जदरानले मुजिव उर रहमानबाट क्याच गराउँदै ओपनर जेम्श भिन्सलाई २६ रनमा आउट गराए ।ठूलो शट खेल्ने धुनमा आउट हुनुअघि भिन्सले ३१ बलमा ३ चौका प्रहार गरे ।

तल्लोक्रमका बेन स्टोक्स र जस बटलरले समान २ रनमा आउट भए । त्यस्तै मोइन अलीले ९ बलमा ४ छक्का र १ चौका सहित ३१ रनमा अविजित रहे । अफगानिस्तानका लागि कप्तान गुवदीन नाइब र दलावत जदरानले समान ३ विकेट हात पारे । लेग स्पिनर राशिद खानले ९ ओभरमा १सय १० रन खर्चेपनि कुनै विकेट लिन सकेनन् ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.