default_image

5 years ago

June 17, 2019

मुकुन्द चम्किँदा बोदे थन्डर्सको जित

36 views

0 Bookmark

सप्तरी(हाम्रो खेलकुद) – दोश्रो संस्करणको सप्तरी प्रिमियर लिगको सोमबार भएको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्सलाई बोदे बर्साइन थन्डर्सले ३३ रनले पराजित गरेको छ ।

सोमबार पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय मैदानमा पहिले ब्याटिङ गर्दै बोदे बर्साइनले दिएको १ सय ८० रनको लक्ष्य पछ्याउने क्रममा बजाज खडक वारियर्सले २० ओभर ८ विकेट क्षतिमा १ सय ४६ रन मात्रै बनाउन सक्यो।

वारियर्सको लागि हरिशंकर शाहले सर्वाधिक ४५ रन जोडे । उनले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरे भने संसाद शेखले अविजित ३९ रन बनाउन ३७ बलमा २ चौका र २ छक्का प्रहार गरे।

बोदे बर्साइनका कप्तान मन्जित श्रेष्ठले सर्वाधिक २ विकेट लिए। यस्तै सर्वन यादव, मुकुन्द यादव, मिनास थापा, ओपन राइ र पप्पु यादवले १-१ विकेट लिए।

त्यस अघि टस हारेर ब्याटिङ बोदे बर्साइन थण्डर्सले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ७९ रन बनाएको थियो ।

उसको लागि मुकुन्द यादवले विस्फोटक इनिङ खेल्दै मात्र १५ बलमा ५ चौका र ४ छक्का सहित ४९ रनमा अविजित रहे । यस्तै अमित यादवले अविजित ३४ रन बनाए जुन क्रममा २२ बलमा ३ छक्का र २ चौका प्रहार गरे। पवन दासले ३३ , मिनास थापाले ३२ तथा कप्तान मन्जित श्रेष्ठले १२ रन बनाए।

पहिलो विकेटको लागि मन्जित र पवन दासले ४७ रनको, दोश्रो विकेटको लागि मन्जित र मिनास बीच ६३ रनको तथा तेश्रो विकेटको लागि अमित र मुकुन्दले ६९ रनको साझेदारी गरेका थिए।

बजाज खडक वारियार्सको नन्दन झा र योगराज शर्माले १-१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच मुकुन्द यादव घोषित भए । प्रतियोगिता अन्तर्गत सोमबार २ वटा खेलहरु संचालन हुनेछन्।

लिगमा कुल ५ टिम सहभागी रहेका छन्। बजाज खडक वारियर्सको मार्की खेलाडी राजेश पुलामी, रुपनी राइडर्सकाका मेहबुब आलम, बोदे बर्साईनका मन्जित श्रेष्ठ, तिलाठी कोइलाडीका सुनिल धमला तथा डाक्नेश्वरी ड्रयागन्सका पुष्प थापा मार्की खेलाडी रहेका छन्।

सप्तरी क्रिकेट संघको आयोजनामा सप्तरी प्रिमियर लिगको दोश्रो संस्करण असार ८ सम्म चल्ने प्रतियोगिता सिंगल राउण्ड रोबिन फर्म्याटमा खेलाइनेछ। लिग चरणमा सबै ५ टिमले एक अर्कासंग खेल्नेछन् जसपछि अंकतालिकामा उत्कृस्ट हुने २ टिमले असार ८ गते फाइनल खेल्नेछ। लिगको विजेता टिमले २ लाख तथा उप-विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.