default_image

6 years ago

June 17, 2019

बंगलादेशलाई वेस्ट इन्डिजको विशाल लक्ष्य

121 views

0 Bookmark

एजेन्सी – युवा ब्याट्सम्यान तथा विकेटकिपर शाई होपको उत्कृष्ट ब्याटिङसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा वेस्ट इन्डिजले बंगलादेशलाई ३ सय २२ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २१ रन बनायो । वेस्ट इन्डिजलाई ठूलो योगफल तयार पार्न शाई होपले उत्कृष्ट ब्याटिङ गरे । आफ्नो वान डे करियरको सातौं शतक पुरा गर्न ४ रनले चुकेका होपले १ सय २१ बलमा ४ चौका र १ छक्का सहित ९६ रन बटुले ।

४७ ओभरको अन्तिम बलमा मुस्ताफिजुर रहमानले लिटन दासबाट क्याच आउट गराएपछि होप विश्वकपमा आफ्नो पहिलो शतक बनाउन चुकेका थिए । चौथो ओभरको दोस्रो बलमा मोहम्मद सैफुद्दीनले क्रिस गेललाई शुन्यमा क्याच आउट गराए ।

गेलले १३ बलको सामना गर्दा खाता खोल्न सकेनन् । दोस्रो विकेटका लागि इभिन लुइस र शाई होपले १ सय १६ रनको शतकीय साझेदारी गर्दै इनिङ उकासेका थिए । २५ ओभरको तेस्रो बलमा सबिक अल हसनले क्याच आउट गराउनु अघि लुईले ७० रन जोडे ।

लुईसले ६७ बलमा ६ चौका २ छक्का प्रहार गरे । सकिबलेनै निकोलस पुनरलाई २५ रनमा क्याच आउट गराए । चौथो विकेटका लागि होप र शिमरोन हिटमायरले ८३ रनको साझेदारी गरेपछि वेस्ट इन्डिज बलियो योगफलमा पुगेको थियो ।

४० ओभरको तेस्रो बलमा मुस्ताफिजुर रहमानले तामिम इकवालबाट क्याच गराउँदै हिटमायरलाई ५० रनमा पेभिलिएन फर्काए । आक्रमक ब्याटिङ गरेका हिटमायरले २६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । मुस्ताफिुजर रहमानलेनै आन्द्रे रसेललाई शुन्यमा क्याच आउट गराए ।

तल्लोक्रममा कप्तान जोसन होल्डरले १५ बलमा ४ चौका र २ छक्का सहित ३३ रन जोडे । ड्रेन ब्राभो १९ र ओशन थोमसले ६ रन जोडे । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ९ ओभरमा रन ५९ खर्चेर ३ विकेट लिए ।

मोहम्मद सैफुद्दीनले १० ओभरमा १ मेडन सहित ७२ रन खर्चेर ३ विकेट हात पारे । सकिब हल हसनको नाममा पनि २ विकेट रह्यो ।

January 22, 2025

अभिषेकको अर्धशतकमा भारतले इङ्ग्ल्याण्डलाई हरायो

एजेन्सी – ओपनर अभिषेक शर्माको अर्धशतक प्रेरित भारतले इङ्ग्ल्याण्डलसई पहिलो टि ट्वान्टी आईमा हराएको छ । भारतको कोलकातामा बुधवार भएको खेलमा घरेलु टोलीले इङ्ग्ल्याण्डलाई ७ विकेटले पराजित गर्यो । जितसँगै भारतले ५ खेलको सिरिजमा १- ० को अग्रता लिएको छ । १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो […]

January 22, 2025

भारतविरुद्ध इङ्ग्ल्याण्डको सामान्य योगफल

एजेन्सी – भारतविरुद्धको पहिलो टि ट्वान्टी आईमा इङ्ग्ल्याण्डले सामान्य योगफल तयार गरेको छ । भारतको कोलकातामा जारी खेलमा इङ्ग्ल्याण्डले भारतलाई १ सय ३३ रनको सामान्य लक्ष्य दिएको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय ३२ रनको सामान्य योगफल तयार गरेको छ। […]

January 22, 2025

जय नेपाल कप – मध्यमश्चिम र बिहारको जित

काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कपमा बुधवार मध्य पश्चिम र बिहार विश्वविद्यालय विजयी भएका छन्। कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमस बुधवारको दोस्रो खेलमा मध्य पश्चिमले काठमाडौं विश्वविद्यालयलाई १ सय ३४ रनले पराजित गरेको हो । १ सय ९३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४.२ ओभरमा ५८ रन जोड्दै अल आउट भयो । काठमाडौंका लागि दिवस सुवेदीले […]

Success

Thank you for your time.