default_image

6 years ago

June 16, 2019

रोहितको सानदार शतकसँगै भारत ठूलो योगफलतर्फ

56 views

0 Bookmark

एजेन्सी – भारतीय ओपनर रोहित शर्माले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पाकिस्तानविरुद्ध शतक प्रहार गरेका छन् ।

रोहितले ८५ बलमा आफ्नो वान डे करियरको २४ शतक पुरा गरेका हुन् । रोहितले ८५ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै शतक पुरा गरेका थिए । ३० ओभरको अन्तिम बलमा सादव खानलाई १ रन प्रहार गर्दै शतक पुरा गरे ।

रोहितको जारी विश्वकपमा यो दोस्रो शतक समेत हो । यस अघि रोहितले दक्षिण अफ्रिकाविरुद्ध पनि शतक प्रहार गरेका थिए । सम्रगमा रोहितले विश्वकपमा तेस्रो शतक पुरा गरेका हुन् । कप्तान विराट कोहलीले ९ रनमा साथ दिएका छन् ।

त्यस अघि पहिलो विकेटका लागि ओपनर केएल राहुल र रोहित शर्माले २३.५ ओभरमा १ सय ३६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । राहुललाई वहाब रियाजले बाबर आजमबाट क्याच आउट गराउनु अघि ७८ बलमा ३ चौका र २ छक्का सहित ५७ रनको योगदान दिए । भारतले यो समचार तयार पार्न सम्म ३० ओभरमा १ सय ७२ रन बनाउन १ विकेट गुमाएको छ । पाकिस्तानले आफ्ना ७ बलर प्रयोग गरेको छ ।

February 18, 2025

तीन दशक पछि आइसिसी प्रतियोगिता गर्दै पाकिस्तानमा

एजेन्सी – पाकिस्तानले झन्डै तीन दशक पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को प्रतियोगिता आयोजना गर्दै छ । पाकिस्तानले सन् १९९६ मा ओडिआई विश्व कपपछि पहिलो पटक कुनै आइसिसीको प्रतियोगिता आयोजना गर्न लागेको हो । त्यो हो च्याम्पियन्स ट्रफी । साविक विजेता समेत रहेको पाकिस्तानले बुधवार सुरु हुने च्याम्पियन्स ट्रफीको आयोजना गर्न लागेको हो । केहि खेल‌ […]

February 18, 2025

लिग टु – ओमानमाथि अमेरिकाको ऐतिहासिक जित

एजेन्सी – अमेरिकाले ओमानमाथि लिग टुमा ऐतिहासिक जित हासिल गरेको छ । अमेरिकाले मंगलवार सबैभन्दा कम लक्ष्य दिदैं खेल जित्ने कीर्तिमान बनाएको छ । अमेरिकाले ओमानलाई १ सय २३ रनको लक्ष्य दिदैं जित पनि हासिल गरेको हो । यसअघि भारतले पाकिस्तानलाई १ सय २६ रनको लक्ष्य दिदैं जितेको इतिहास रहेको थियो । १ सय २३ […]

February 18, 2025

युगान्डा टुरको लागि १८ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीले युगान्डामा खेल्ने टुरको लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएका छन् । टुर फागुन २२ गतेदेखि चैत ४ गतेसम्म हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार बन्द प्रशिक्षणमा कप्तान इन्दु बर्मा सहित रुबिना क्षेत्री, बिन्दु रावल, अलिशा यादव, सना प्रविन, राजमति ऐरी,रोमा थापा, ममता चौधरी, ईश्वरी बिष्टलाई बोलाएको छ। […]

Success

Thank you for your time.