6 years ago
June 14, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा वेस्ट इन्डिजले घरेलु टोली इंग्ल्यान्डलाई २ सय १३ रनको मध्यम लक्ष्य दिएको छ ।
साउथह्याप्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ४४.४ ओभरमा अल आउट हुँदै २ सय १२ रनमा समेटियो । उसका लागि मध्यक्रमका युवा खेलाडी निकोलस पुरनले सर्वाधिक ६३ रनको योगदान दिए । जोफ्रा आर्चरले ४० ओभरको पाँचौ बलमा विकेटकीपर जस बटलरबाट क्याच आउट गराउनुअघि पुरनले ७८ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
तेस्रो ओभरको अन्तिम बलमा क्रिस वोक्सले ओपनर इभिन लुईसलाई २ रनमा बोल्ड आउट गरे । दोस्रो विकेटका रुपमा आउट हुनु अघि अर्का ओपनर क्रिस गेलले ४१ बलमा ५ चौका र १ छक्का सहित ३६ रनको योगदान दिए । गेललाई १३ ओभरको अन्तिम बलमा लियाम प्लन्केटले जोनी बेयरस्टोबाट क्याच गराएका थिए । लगत्तै दुईबल पछि विकेटकीपर शाई होपलाई मार्क उडले ११ रनमा एलवी डब्लू आउट गर्दै इंग्ल्यान्डले वेस्ट इन्डिजलाई दबाबमा राख्न सफल भएको थियो । चौथोे विकेटका लागि निकोलस पुरन र शिमरोन हिटमायरले ८९ रनको साझेदारी गर्दै वेस्ट इन्डिजको इनिङ उकासेका थिए ।
तर ३० ओभरको पाँचौ बलमा बिरलै बलिङमा उत्रने जो रुटले हिटमायरलाई ३९ रनमा आफैं क्याच लिँदै यी दुईबीचको साझेदारी तोडेपछि इंग्ल्यान्ड पुन खेलमा फर्किएको थियो । हिटमायरले ४८ बलमा ४ चौका प्रहार गरे । रुटलेनै ३२ ओभरको अन्तिम बलमा कप्तान जोसन होल्डरलाई ९ रनमा आफैं क्याच लिदै पेभिलिएन फर्काए ।
निकै आसा र ठूलो भरोसा गरिएका आन्द्रे रसेललाई मार्क उडले ३७ ओभरको दोस्रो बलमा २१ रनमा क्याच आउट गराएपछि वेस्ट इन्डिजको ठूलो योगफलको संभावना लगभग सकिएको थियो । रसेलले १६ बलमा १ चौका र २ छक्का प्रहार गरे । कार्लोस बर्थवेट १४ रनमा आउट भए । पुछारका तीन ब्याट्सम्यान ओशन थोमस,शिल्डन कर्टेल र शैनन ग्रब्रियलले खाता खोल्न सकेनन् ।
इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले ९ ओभरमा १ मेडन सहित ३० रन खर्चेर ३ विकेट लिए । त्यस्तै मार्क उडले पनि ६.४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । जो रुटले २,लियाम प्लन्केट र क्रिस वोक्सको नाममा १-१ विकेट रह्यो ।
February 13, 2025
एजेन्सी – त्रिकोणात्मक ओडिआई सिरिजमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा शाहीन शाह अफ्रिदी सहित ३ पाकिस्तानी खेलाडीलाई आइसिसीले कारबाही गरेको छ । अफ्रिदी सहित साउद शकील र कामरान गुलामलाई आइसिसीको आचार संहिताको लेभल १ उल्लङ्घन गरेको आरोपमा जरिवाना र डिमेरिट प्वाइन्ट दिइएको छ । अफ्रिदीलाई आचार संहिताको धारा २.१२ को उल्लङ्घन गरेको आरोपमा म्याच फीको २५ प्रतिशत […]
February 13, 2025
एजेन्सी – आगामी महिनाबाट सुरु हुने आइपिएल २०२५ का लागि रजत पाटीदारलाई रोयल च्यालेन्जर्स बेंगलोरको कप्तान नियुक्त गरिएको छ । बिहीबार बेंगलुरुले टिम निर्देशक मो बोबत र मुख्य प्रशिक्षक एन्डी फ्लावरको उपस्थितिमा उक्त घोषणा गरेको हो । पाटीदारले सन् २०२१ देखि बेंगलुरुका लागि ३ सिजन खेलेका छन् । बेंगलुरुका लागि उनले २८ खेलमा १५८.८५ को […]
February 13, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गत अमेरिका ओमानसँग पराजित भएको छ । अमेरिका बुधवार ओमानसँग ७ विकेटले पराजित भयो । १ सय ५२ रनको लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले १ सय २७ बलको सामना गर्दै […]