6 years ago
June 14, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार उपाधिको दाबेदार घरेलु टोली इंग्ल्यान्ड र वेस्टइन्डिज भिड्दै छन् ।
साउथह्याप्टनमा भर्खर सम्पन्न टसमा घरेलु टोली इंग्ल्यान्ड जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिदै वेस्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएको छ । घरेलु टोली इंग्ल्यान्डले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । वेस्ट इन्डिजले भने तीन खेलाडी परिवर्तन गरेको जनाएको छ । विश्फोटक ब्याट्सम्यान आन्द्रे रसेल टोलीमा फर्किएका छन् । इभिन लुसिसले पनि पुनरागमन गर्दा शैनन गेब्रियलले पहिलो विश्वकप खेल खेल्दै छन् ।
वेस्टइन्डिज प्लेइङ ११ : क्रिस गेल,इभिन लुईस,शाई होप,निकोलस पुरन,शिमरोन हिटमायर, जेसन होल्डर(कप्तान), आन्द्रे रसेल,कार्लोस वर्थवेट,शिल्डन कर्टेल, ओशन थोमस र शैनन गेब्रियल ।
इंग्ल्यान्डको प्लेइनङ ११ : जेसन रोय, जोनी बेयरस्टो, जो रुट, ईओन मोर्गन(कप्तान), बेन स्टोक्स, जस बटलर, क्रिस वोक्स, जोफ्रा आर्चर, आदिल राशिद, लियाम प्लन्केट, मार्क उड
January 22, 2025
एजेन्सी – ओपनर अभिषेक शर्माको अर्धशतक प्रेरित भारतले इङ्ग्ल्याण्डलसई पहिलो टि ट्वान्टी आईमा हराएको छ । भारतको कोलकातामा बुधवार भएको खेलमा घरेलु टोलीले इङ्ग्ल्याण्डलाई ७ विकेटले पराजित गर्यो । जितसँगै भारतले ५ खेलको सिरिजमा १- ० को अग्रता लिएको छ । १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो […]
January 22, 2025
एजेन्सी – भारतविरुद्धको पहिलो टि ट्वान्टी आईमा इङ्ग्ल्याण्डले सामान्य योगफल तयार गरेको छ । भारतको कोलकातामा जारी खेलमा इङ्ग्ल्याण्डले भारतलाई १ सय ३३ रनको सामान्य लक्ष्य दिएको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय ३२ रनको सामान्य योगफल तयार गरेको छ। […]
January 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कपमा बुधवार मध्य पश्चिम र बिहार विश्वविद्यालय विजयी भएका छन्। कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमस बुधवारको दोस्रो खेलमा मध्य पश्चिमले काठमाडौं विश्वविद्यालयलाई १ सय ३४ रनले पराजित गरेको हो । १ सय ९३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४.२ ओभरमा ५८ रन जोड्दै अल आउट भयो । काठमाडौंका लागि दिवस सुवेदीले […]