6 years ago
June 11, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार हुने भनिएको श्रीलंका र बंगलादेशबीचको खेल रद्ध भएको छ ।
वर्षाको कारण खेलनै सुरु हुन नपाई रद्ध भएको हो । योसँगै दुबै टोलीले एक एक अंक बाँडेका छन् । श्रीलंका ४ खेलमा १ मा जित १ मा हारका साथ ४ अंक जोड्दै पाँचौ स्थानमा छ ।
यसअघि श्रीलंकाले वर्षाको कारण पाकिस्तानसँग पनि अंक बाँडेको थियो । श्रीलंकाले पाँचौ खेलमा आगमी शनिबार अष्ट्रेलियासँग खेल्ने छ ।
बंगलादेश ४ खेलमा १ मा जित र २ मा हारका साथ ३ अंक जोड्दै सातौं स्थानमा पुगेको छ । बंगलादेशले आफ्नो पाँचौ खेल आगमी सोमबार वेस्ट इन्डिजसँग खेल्ने छ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]