default_image

6 years ago

June 9, 2019

अष्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ गर्दै भारत

65 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार उपाधिका प्रमुख दुई दाबेदार राष्ट्र भारत र अष्ट्रेलिया भिड्दै छन् ।

भर्खर सम्पन्न टसमा लन्डन स्थित ओभल क्रिकेट मैदानमा भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । अष्ट्रेलियाले फिल्डिङ गर्ने छ । भारतले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । अष्ट्रेलियाले पनि कुनै खेलाडी परिवर्तन गरेको छैन ।

भारतको प्लेइङ ११ : शिखर धवन,रोहित शर्मा,विराट कोहली(कप्तान),लोकेश राहुल,महेन्द्र सिंह धोनी,केदार जाधव,हार्दिक पान्ड्या,भुवनेश्वर कुमार, कुलदीप यादव,युजवेन्द्र चाहल,जसप्रित बुमराह ।

अष्ट्रेलियाको प्लेइङ ११ : डेविड वार्नर,आरोन फिन्च(कप्तान),उस्मान खवाजा,स्टिभ स्मिथ,ग्लेन म्याक्सवेल,मार्कस स्टोइनिस,एलेक्स केरी,नाथन कुल्टर नाईल,प्याट कमिन्स,मिचेल स्टार्क,एडम जम्पा।

January 22, 2025

जय नेपाल कप – मध्यमश्चिम र बिहारको जित

काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कपको बुधवारको खेलमा मध्यपश्चिम र बिहार विश्वविद्यालयले जित हासिल गरेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको बुधवारको दोस्रो खेलमा काठमाडौं विश्वविद्यालय मध्यपश्चिमसँग १ सय ३४ रनको फराकिलो अन्तरले पराजित भएको हो । मध्यपश्चिमले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४.२ ओभरमा ५८ रन जोड्दै अल आउट भयो […]

January 22, 2025

सन्दीपको अर्ध शतकमा जे आरको जित

सुमन अधिकारी, बुटवल जे आर क्रिकेट क्लब बुटवल भैरहवामा जारी रुपन्देही ‘ए’ डिभिजन सुपरलिग क्रिकेट प्रतियोगितामा  बुधवार विजयी भएको छ । सन्दीप जोराको अर्धशतकमा जेआरले प्रोफेसनल माष्टर्स-११ लाई ५ विकेटले हरायो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले निर्धारित ३७ ओभरको खेलमा ३० ओभरमा सबै विकेट गुमाएर १ सय १८ रन बनाएको […]

January 22, 2025

अर्जुन ट्रफी – भीमले सिवाइसी अत्तरियाबाट खेल्ने

धनगढी (हाम्रो खेलकुद)-  धनगढीमा  अर्को साता सुरु हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाइसी अत्तरियाले ४ जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ । गो ड्रिमर्सको आयोजनामा यस बर्षदेखि नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताका लागि भीम सार्की, विवेक यादव, साहब आलम र रसिद खानले सिवाइसी अत्तरियाबाट खेल्ने भएका हुन् । हालै […]

Success

Thank you for your time.