default_image

5 years ago

June 8, 2019

ललित बने सर्वोत्कृष्ट, पुरस्कार राशीमा आयोजकको झुट

62 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको व्यक्तिगत विधागर्तका अवार्ड विजेताले यसअघि घोषणा गरेको भन्दा निकै कम पुरस्कार पाउने भएका छन् ।।

पीएम कपमा म्यान अफ द सिरिज नेपाल पुलिसका युवा स्पिनर ललित नरायण राजवंशी घोषित भए । यसअघि गरिंदै आएको घोषणाअनुसार ललितले म्यान अफ द सिरिज वापत एक थान मोटरसाइकल पाउनुपर्ने थियो । तर उनले ५० हजार रुपैयाँ मात्र पाए । ललित नै प्रतियोगिताको सर्वोत्कृष्ट बलर पनि घोषित भए । यसअघि घोषणा अनुसार उनले ५० हजार प्राप्त गर्नु पर्ने थियो । तर उनले ३० हजार मात्र प्राप्त गरे । पुलिसलाई च्याम्पियन बनाउन उनले उनले ६ खेलमा ४०.३ ओभरमा ८ मेडन सहित १ सय २३ रन खर्चेर २० विकेट लिए । उनको इकोनमि रेट २.८९ रहेको थियो ।

त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट ब्याट्सम्यान आर्मीका विकेटकीपर राजु रिजाल चुनिए । उनले पनि यस अघि घोषणा अनुसारको पुरस्कार रकम पाएनन् । यस अघि ५० हजार प्राप्त गर्ने भने पनि उनलाई ३० हजार मात्र दिईएको छ । आर्मीलाई फाईनल सम्म पुर्याउन उत्कृष्ट प्रर्दशन गरेका राजुले ६ खेलमा ४३.५० को औसतामा कुल २ सय ६१ रन बनाउनै शीर्ष स्थानमा रहे । जसमा ३ अर्ध शतक सहित वेस्ट प्रर्दशन ९० रह्यो । प्रतियोगिताको उदियमान खेलाडी सुदुरपश्चिमका खडक बोहोरा भए ।

शनिवार टियु क्रिकेट मैदानमा आर्मीलाई ४ विकेटले हराउँदै पुलिसले उपाधि जितेको थियो । टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले ३३.३ ओभरमा अल आउट हुँदै १ सय २५ रनमा समेटिएको थियो । १ सय २६ रनको लक्ष्य पुलिसले ४०.३ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो । विजेता पुलिसले २० लाख प्राप्त गर्यो । उप विजेता बनेको आर्मीले १० लाख नगदमा चित्त बुझायो ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.