6 years ago
June 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लवले तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
शनिवार फाईनल खेलमा त्रिभुवन आर्मीलाई ४ विकेटले पराजित गर्दै पुलिस च्याम्पिन बनेको हो । यो सँगै पुलिसले २० लाख प्राप्त गरेको छ । उप विजेता बनेको आर्मीले १० लाख नगदमा चित्त बुझायो ।
१ सय २६ रनको लक्ष्य पुलिसले ४०.३ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो । पुलिसको जितमा ओपनर सुनिल धमलाले १ सय ३१ बलमा २ चौका सहित ४२ रनमा अविजित रहे । त्यस्तै कप्तान मञ्जित श्रेष्ठ ११ रनमा अविजित रहे ।
ओपनर अमित श्रेष्ठले ४० बलमा ६ चौका र २ छक्का सहित ४४ रनको योगदान दिए । अमितलाई १३ ओभरको तेस्रो बलमा साहव आलमले सोमपाल कामीबाट क्याच आउट गराए ।
अनिल कुमार शाह २,दिपेन्द्र सिंह ऐरी ७,पवन सरार्फ १ र आरिफ शेख ६ रनमा आउट भए । आर्मीका लागि करण केसीले ९.३ ओभरमा १ मेडन सहित ३५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै साहव आलम २ र सुशन भारीको नाममा १ विकेट रह्यो ।
त्यस अघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले ३३.३ ओभरमा अल आउट हुँदै १ सय २५ रनमा समेटिएको थियो । उत्कृष्ट सुरुवात गरेको आर्मीले त्यसलाई निरन्तरता दिन नसक्दा विशाल योगफल बनाउन चुकेको थियो। आर्मीले ३६ रन जोड्न ७ विकेट गुमाएपछि ठूलो योगफल बनाउन चुकेको थियो ।
ओपनर सोमपाल कार्मी र राजु रिजालले पहिलो विकेटका लागि १५.५ ओभरमा ७२ रनको साझेदारी गर्दै राम्रो सुरुवात गर्दै ठूलो योगफलको संभावना देखाएका थिए । ललित नारायण राजवंशीले सोमपाललाई पवन सरार्फबाट क्याच आउट गर्दै ३५ रनमा पेभिलिएन फर्काएपछि पुलिस खेलमा फर्किएको थियो ।
सोमपाल कामीले ४० बलमा ३ चौका र २ छक्का प्रहार गरे । सोमपाल आउट भएसँगै आर्मीको विकेट पतन निरन्तर जारी रह्यो । मध्यक्रमका कुनै पनि ब्याट्सम्यानले जिम्मेवार भएर नखेल्दा आर्मी सस्तैमा समेटिएको हो । लगत्तै १७ ओभरको तेस्रो बलमा सागर ढकालले कुशल भुर्तेलबाट राजु रिजाललाई ३२ रनमा क्याच आउट गराए । उनले ६० बलमा ५ चौका प्रहार गरे । २२ ओभरको अन्तिम बलमा ललितले रोहित कुमार पौडेललाई १८ रनमा बोल्ड आउट गरे ।
२५ औं ओभरको दोस्रो बलमा पवनले हरि बहादुर चौहानलाई ४ रनमा आफै क्याच लिदै पेभिलिएन फर्काए । राजेश पुलामी मगरलाई ललितले ३ रन बोल्ड आउट गरे । पवन सरार्फले २९ ओभरको पहिलो बलमा विनोद भण्डारीलाई १ रनमा आफैं क्याच लिदै पेभिलिएन फर्काएपछि आर्मी संकटमा परेको थियो । करण केसी र कुशल मल्ल शुन्यमा पेभिलिएन फर्केपछि आर्मी २९।४ ओभरमा १०८-८ को कमजोर अवस्थामा पुगेको थियो । भिम सार्कीले २९ बलमा ३ चौका प्रहार गर्दै ठूलो शट खेल्ने धुनमा २० रन जोड्दै क्याच आउट भए ।
आर्मीलाई सस्तैमा रोक्न पुलिसका युवा स्पिनर ललित नारायण राजवंशीले ९.३ ओभरमा १ मेडन सहित ३६ रन खर्चेर ४ विकेट लिए । पवन सरार्फले ७ ओभरमा ४ मेडन सहित १२ रन खर्चेर ४ विकेट लिए । सागर ढकालको नाममा १ विकेट रह्यो ।
January 22, 2025
एजेन्सी – ओपनर अभिषेक शर्माको अर्धशतक प्रेरित भारतले इङ्ग्ल्याण्डलसई पहिलो टि ट्वान्टी आईमा हराएको छ । भारतको कोलकातामा बुधवार भएको खेलमा घरेलु टोलीले इङ्ग्ल्याण्डलाई ७ विकेटले पराजित गर्यो । जितसँगै भारतले ५ खेलको सिरिजमा १- ० को अग्रता लिएको छ । १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो […]
January 22, 2025
एजेन्सी – भारतविरुद्धको पहिलो टि ट्वान्टी आईमा इङ्ग्ल्याण्डले सामान्य योगफल तयार गरेको छ । भारतको कोलकातामा जारी खेलमा इङ्ग्ल्याण्डले भारतलाई १ सय ३३ रनको सामान्य लक्ष्य दिएको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय ३२ रनको सामान्य योगफल तयार गरेको छ। […]
January 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कपमा बुधवार मध्य पश्चिम र बिहार विश्वविद्यालय विजयी भएका छन्। कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमस बुधवारको दोस्रो खेलमा मध्य पश्चिमले काठमाडौं विश्वविद्यालयलाई १ सय ३४ रनले पराजित गरेको हो । १ सय ९३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४.२ ओभरमा ५८ रन जोड्दै अल आउट भयो । काठमाडौंका लागि दिवस सुवेदीले […]