default_image

6 years ago

June 7, 2019

विश्वकपमा अफगानिस्तानलाई ठूलो झड्का !

86 views

0 Bookmark

एजेन्सी – पहिलो पटक सेमिफाईनल पुग्ने लक्ष्य राखेको अफगानिस्तानलाई इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा ठूलो झड्का लागेको छ ।

अफगानिस्तानका विश्फोटक ओपनर तथा विकेटकीपर मोहम्मद शहजाद घाईते हुँदै टोलीबाट बाहिरिएका छन् । शहजादको खुट्का जर्नीमा समस्या आएपछि विश्वकप गुमाउने भएका हुन् । उनको स्थान १८ वर्षिय बाँया हाते युवा खेलाडी इकराम अलिखीलले लिएका छन् ।

इक्रमले गत मार्चमात्रै आयरल्यान्डसँग वान डे मा डेब्यू गरेका थिए । उनले २ खेलमा ६ रन बटुलेका छन् । शहजाद अफगानिस्तानका प्रमुख ब्याट्सम्यान मानिन्छन् । उनि विश्वकपबाट बाहिरिनु अफगानिस्तानको लागि ठूलो घातक सावित हुन सक्छ ।

अफगानिस्तानले सुरुवाती दुबै खेल हारेको छ । अष्ट्रेलियासँग ७ विकेट र श्रीलंकासँग ३४ रनले हारेको थियो । तेस्रो खेलमा अफगानिस्तानले न्युजिल्यान्डसँग शनिवार खेल्ने छ ।

January 22, 2025

सन्दीपको अर्धशतकमा जे आरको जित

सुमन अधिकारी, बुटवल जे आर क्रिकेट क्लब बुटवल भैरहवामा जारी रुपन्देही ‘ए’ डिभिजन सुपरलिग क्रिकेट प्रतियोगितामा  बुधवार को विजयी भएको छ । सन्दीप जोराको अर्धशतकमा जेआरले प्रोफेसनल माष्टर्स-११ लाई ५ विकेटले हरायो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले निर्धारित ३७ ओभरको खेलमा ३० ओभरमा सबै विकेट गुमाएर १ सय १८ रन […]

January 22, 2025

अर्जुन ट्रफी – भीमले सिवाइसी अत्तरियाबाट खेल्ने

धनगढी (हाम्रो खेलकुद)-  धनगढीमा  अर्को साता सुरु हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाइसी अत्तरियाले ४ जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ । गो ड्रिमर्सको आयोजनामा यस बर्षदेखि नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताका लागि भीम सार्की, विवेक यादव, साहब आलम र रसिद खानले सिवाइसी अत्तरियाबाट खेल्ने भएका हुन् । हालै […]

January 22, 2025

यु १९ महिला विश्व कप – नेपालको लगातार तेस्रो हार

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा लगातार तेस्रो हार बेहोरेको छ । नेपाल बुधवार अस्ट्रेलियासँग ८३ रनले पराजित भएको हो । समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग पराजित भएसँगै नेपालले विश्व कपमा लगातार तेस्रो हार बेहोरेको हो । १ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट […]

Success

Thank you for your time.