6 years ago
June 5, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो खेलमा दक्षिण अफ्रिकाले भारतलाई २ सय २८ रनको मध्यम लक्ष्य दिएको छ ।
साउथह्याप्टनमा टस जितेर पहिला ब्याटिङ थालेको अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २७ रन बनायो । एक समय ३९.३ ओभरमा १५८-७ को कमजोर अवस्थामा पुगेको अफ्रिकालाई आठौं विकेटका लागि क्रिस मोरिस र कागिसो रबाडाले ६६ रनको साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याउन सफल भए ।
अन्तिम ओभरको दोस्रो बलमा विराट कोहलीबाट क्याच आउट हुनु अघि मोरिसले ३४ बलमा १ चौका र २ छक्का सहित महत्वपूर्ण ४२ रनको योगदान दिए । रबाडा ३५ बलमा २ चौका सहित ३१ रनमा अविजित रहे । डेविड मिलरले ३१ रनको योगदान दिए । ३६ ओभरको तेस्रो बलमा कुलदीप यादवले क्याच आउट गर्नुअघि मिलरले ४० बलमा १ चौका प्रहार गरे ।
चौथो ओभरको दोस्रो बलमा जसप्रित बुमराहले रोहित शर्माबाट क्याच गराउँदै ओपनर हासिम अमलालाई ६ रनमा पेभिलिएन फर्काए । बुमराहलेनै अर्का ओपनर क्विन्टन डी ककलाई १० रनमा क्याच आउट गराए ।
२० ओभरको पहिलो बलमा युजभेन्द्र चाहालले रस्सि भान डर दुसेनलाई २२ रनमा बोल्ड आउट गरे । यसै ओभरको अन्तिम बलमा चाहललेनै कप्तान फाफ डु प्लेसिसलाई ३८ रनमा बोल्ड आउट गरेपछि अफ्रिका संकटमा परेको थियो । उनले ५४ बलमा ४ चौका प्रहार गरे ।
जेपी ड्युमिनी ३ रनमा आउट भएपछि अफ्रिकाको ठूलो योगफलको संभावना टाढिन पुगेको थियो ।
४० ओभरको तेस्रो बलमा एन्डिले फेहलुकवलोलाई चाहलले महेन्द्रसिंह धोनीबाट ३४ रनमा स्टम्पिङ आउट गर्दै आफ्नो दबदबाह कायम राखे । उनले ६१ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
अफ्रिकालाई सस्तैमा रोक्न युजभेन्द्र चाहलले १० ओभरमा ५१ रन खर्चेर ४ विकेट लिए । जसप्रित बुमराह र भुवनेश्वकर कुमारले समान २ विकेट लिए । कुलदीप यादवको नाममा १ विकेट रह्यो ।
February 13, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गत अमेरिका ओमानसँग पराजित भएको छ । अमेरिका बुधवार ओमानसँग ७ विकेटले पराजित भयो । १ सय ५२ रनको लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले १ सय २७ बलको सामना गर्दै […]
February 13, 2025
एजेन्सी – कप्तान मोहम्मद रिजवान र उप-कप्तान सलमान अघाको शतकको सहयोगमा पाकिस्तानले त्रिकोणात्मक सिरिजमा दक्षिण अफ्रिकामाथि कीर्तिमानी ६ विकेटको जित हात पार्दै फाइनलमा पुगेको छ । जित्नलाई ३ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले ओडीआईमा पूरा गरेको हालसम्मकै सर्वाधिक ठूलो लक्ष्य हो । पाकिस्तानले यसअघि […]
February 12, 2025
एजेन्सी – ओपनर शुभमन गिलको शतक सहयोगमा भारतले इङ्ग्ल्याण्डसँगको ओडिआई सिरिज क्लिन स्विप गरेको छ । तेस्रो ओडिआई खेलमा बुधवार १ सय ४२ रनको फराकिलो जितका साथ भारतले सिरिज क्लिन स्विप गरेको हो । ३ खेलको ओडिआई सिरिज भारतले ३-० ले जितेको हो । ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ३४.२ ओभरमा २ […]