default_image

6 years ago

June 5, 2019

विनोदको विष्फोटक ब्याटिङसँगै प्रदेश ३ लाई विशाल लक्ष्य

75 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान विनोद भण्डारीले तल्लोक्रममा विष्फोटक ब्याटिङ गरेपछि तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा त्रिभुवन आर्मीले प्रदेश ३ लाई ३ सय १० रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ९ रन बनायो । कप्तान विनोद भण्डारीले विष्फोटक ब्याटिङ गर्दै मात्र ४२ बलमा समान ५ चौका र छक्का सहित ७५ रनमा अविजित रहेपछि आर्मी विशाल योगफलमा पुगेको हो ।

४८ औं ओभरमा सुर्य तामाङलाई विनोद भण्डारीले पहिलो बलमा छक्का र चौका तथा कुशल मल्लले चौथो र पाँचौ बलमा छक्का र अन्तिम बलमा चौका प्रहार गर्दै २७ रन बटुलेपछि आर्मी बलियो योगफल नजिक पुगेको थियो । कुशल मल्ले १७ बलमा १ चौका र २ छक्का सहित २६ रनमा अविजित रहे । कुशल र विनोदले अन्तिम ५.५ ओभरमा विश्फोटक ब्याटिङ गर्दै ६३ रनको साझेदारी गरेपछि बिशाल योगफल तयार भएको हो ।

आर्मीले सुस्त सुरुवात गरेको थियो । १२ ओभरको पहिलो बलमा ओपनर हरिकृष्ण झालाई ब्यक्तिगत १२ रनमा गुमाउँदा आर्मीले २३ रन मात्र जोडेको थियो । दोस्रो विकेटका लागि हरि वहादुर चौहान र ओपनर राजु रिजालले ७३ रनको साझेदारी गर्दै आर्मीको इनिङ उकासे । यी दुईबीचको साझेदारी २३ ओभरको दोस्रो बलमा कप्तान पारस खड्काले चौहानलाई ३८ रनमा एलवी डब्लू आउट गर्दै तोडे । चौहानले ३७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । २८ ओभरको दोस्रो बलमा ओपनर रिजाललाई नन्दन यादवले ५१ रनमा बोल्ड आउट गरे । राजुले ८६ बलको सामना गर्दा ४ चौका र २ छक्का प्रहार गरेका थिए । राजेश पुलामी मगरले ३९ बलमा २ चौका प्रहार गर्दै २९ रनको योगदान दिए ।

मध्यम क्रममा रोहित कुमार पौडेलले ३५ बलमा ४ चौका र १ छक्का सहित ४३ रन जोडेपछि आर्मी विशाल योगफल तर्फ लम्केको थियो । रोहितलाई ३६ ओभरको तेस्रो बलमा सोनु देवकोटाले विकेटकीपर रविन जोशीबाट क्याच गराउँदै पेभिलिएन फर्काका थिए ।

रोहित आउट भएसँगै मैदान छिरेका कप्तान विनोद भण्डारीले तल्लोक्रममा विश्फोटक ब्याटिङ गरेपछि आर्मीले प्रदेश ३ विरुद्ध बलियो योगफल तयार पारेको हो ।तल्लोक्रममा करण केसीले १४ बलमा २ चौका र १ छक्का सहित २१ रन जोडे । प्रदेश ३ का लागि जितेन्द्रसिंह ठकुरी र नन्दन यादवले समान २ विकेट लिए । कप्तान पारस खड्का र सोनु देवकोटाको नाममा समान १ विकेट रह्यो ।

January 22, 2025

यु १९ महिला विश्व कप – नेपालको लगातार तेस्रो हार

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा लगातार तेस्रो हार बेहोरेको छ । नेपाल बुधवार अस्ट्रेलियासँग ८३ रनले पराजित भएको हो । समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग पराजित भएसँगै नेपालले विश्व कपमा लगातार तेस्रो हार बेहोरेको हो । १ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट […]

January 22, 2025

एन्फा यु १६ लिग – पुलिस र हिमालयन शेर्पा विजयी

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगमा बुधवार पनि २ खेल भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएका खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब विजयी भएका छन् । दिनको पहिलो खेलमा विभागीय टोली पुलिसले सातदोबाटो युथ क्लबलाई ८-० को फराकिलो अन्तरले पराजित गरेको छ । दोस्रो खेलमा हिमालयन शेर्पाले फ्रेन्ड्स क्लबलाई २-१ गोल […]

January 22, 2025

महिला पिएम कप – कोशी र मधेशबीचको खेल रद्द

काठमाडौं(हाम्रो खेलकुद) – कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी र मधेश प्रदेशबीचको खेल रद्द भएको छ । बुधवार पिएम कपको प्लेअफ खेल खराब मौसमका कारण टस समेत हुन नसकि रद्द भएको हो । समूह बी मा तेस्रो र चौथो स्थानमा रहका यि दुई टिमबीच प्लेअफको खेल हुदै थियो । कोशी समूह बी […]

Success

Thank you for your time.