default_image

6 years ago

June 4, 2019

पहिला फिल्डिङ गर्दै अफगानिस्तान,यस्तो छ प्लेइङ ११

81 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्र्तगत मंगलबारको खेलमा श्रीलंकाविरुद्ध अफगानिस्तानले बलिङ गर्ने निर्णय लिएको छ ।

कार्डिफमा भर्खर सम्पन्न टस जितेर अफगानिस्तानका कप्तान गुवद्दीन नाइबले फिल्डिङ गर्ने निर्णय लिएका छन् । श्रीलंकाले जीवन मेन्डिसको स्थानमा प्रदिव नुवानलाई मौका दिएको छ ।

अफगानिस्तानले भने कुनै खेलाडी परिवर्तन गरेको छैन । अफगानिस्तानको प्लेइङ ११ : मोहम्मद सहजाद, हज्रतुल्लाह जजाई, रहमत शाह, हसमतुल्लाह शाहिदी, नाजिवुल्लाह ज्रदान, मोहम्मद नाबी, गुलबदीन नाइब(कप्तान), राशिद खान, दवालत जडान, मुजिव उर रहमान, हमिद हसन

श्रीलंकाको प्लेइङ ११ : दिमुथ कुरणरत्ने(कप्तान),लहिरु तिरिमने,कुशल परेरा,कुशल मेनिडस,एन्जिलो मेथ्युज,धनन्जय डी शिल्भा,थिसेरा परेरा,नुवान प्रदीप,सुरुङ्गा लकमल, इसरु उडाना र लाथिस मलिङ्गा ।

January 9, 2025

कुशलको अलराउण्ड प्रदर्शनमा पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनको सहयोगमा विभागीय टोली नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कपमा पहिलो जित हासिल गरेको छ । बिहीवार सम्पन्न खेलमा पुलिसले मधेश प्रदेशमाथि एक इनिङ ३५ रनको जित हात पारेको हो । विरगंजमा सम्पन्न प्रतियोगिताको तेस्रो खेलमा पहिलो इनिङमा पुलिसले १ सय २९ रनको अग्रता लिएको थियो । […]

January 8, 2025

पिएसएल ड्राफ्टमा ६ नेपाली खेलाडी

काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा नेपालका ६ खेलाडी परेका छन् । पाकिस्तान सुपर लिगले बुधवार जारी गरेको सिल्भर समूहको सुचीमा नेपालका ६ खेलाडी समावेश गरिएका हुन् । ड्राफ्टमा परेका नेपाली खेलाडीमा आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा र सोमपाल कामी छन् । पिएसएलको खेलाडी ड्राफ्टबाट छनोट […]

January 8, 2025

दुई अर्धशतकमा आर्मीको मजबुत योगफल

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले दुई अर्धशतकको सहयोगमा बागमती प्रदेशविरुद्ध मजबुत योगफल तयार गरेको छ । जय ट्रफी मेन्स एलिट कपको चौथो खेलको पहिलो इनिङमा ओपनर इमरान शेख तथा बसिर अहमदको अर्धशतकको सहयोगमा आर्मीले बागमतीविरुद्ध बलियो योगफल तयार गरेको हो । टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे आर्मीले पहिलो इनिङका लागि निर्धारित […]

Success

Thank you for your time.