6 years ago
June 4, 2019
एजेन्सी – इंग्ल्यान्डमा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज श्रीलंका र अफगानिस्तान भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा कार्डिफमा सुरु हुने छ । दुवै टोली पहिलो जितको खोजीमा छन् ।
पहिलो खेलमा अफगानिस्तान अष्टे«लियासँग ७ विकेटले पराजित भएको थियो । अर्को खेलमा न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटले हराएको थियो ।
श्रीलंका र अफगानिस्तानबीच अहिले सम्म ३ वटा वान डे खेल भएका छन् । जसमा २ खेल श्रीलंका र एक खेलमा अफगानिस्तानले जित हासिल गरेको थियो । पछिल्लो खेलको नतिजा हेर्दा श्रीलंका भन्दा अफगानिस्तान बलियो देखिन्छ । वार्मअफमा पाकिस्तानलाई हराएको अफगानिस्तानको मनोबल पनि उच्च छ ।
पहिलो पटक सेमिफाइनल पुग्ने लक्ष्य राखेको अफगानिस्तान पछिल्लो समय खस्कदो प्रर्दशन गरि रहेको श्रीलंकालाई स्तब्ध पार्दै पहिलो जित निकाल्न चाहान्छ । श्रीलंका पनि अफगानिस्तानलाई पराजित गर्दै विश्वकपमा पहिलो अंक जोड्न आतुर छ ।
अफगानिस्तानका मोहमम्मद शहजाद, हज्रतुल्लाह जजाई,रामथ शाह,मोहम्मद नामी,राशिद खान,जुजिव उर रहमान,कप्तान गुलबदीन नाइब प्रमुख हतियार हुन् । श्रीलंका कप्तान दिमुथ करुणारत्ने,लाथिस मलिङ्गा,तिसेरा पेरा,जीवन मेन्डिस,धनन्जय डी शिल्भा,इसरु उडानाले पछिल्लो समय राम्रो प्रर्दशन गर्दै आएका छन् ।
January 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा लगातार तेस्रो हार बेहोरेको छ । नेपाल बुधवार अस्ट्रेलियासँग ८३ रनले पराजित भएको हो । समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग पराजित भएसँगै नेपालले विश्व कपमा लगातार तेस्रो हार बेहोरेको हो । १ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट […]
January 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगमा बुधवार पनि २ खेल भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएका खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब विजयी भएका छन् । दिनको पहिलो खेलमा विभागीय टोली पुलिसले सातदोबाटो युथ क्लबलाई ८-० को फराकिलो अन्तरले पराजित गरेको छ । दोस्रो खेलमा हिमालयन शेर्पाले फ्रेन्ड्स क्लबलाई २-१ गोल […]
January 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी र मधेश प्रदेशबीचको खेल रद्द भएको छ । बुधवार पिएम कपको प्लेअफ खेल खराब मौसमका कारण टस समेत हुन नसकि रद्द भएको हो । समूह बी मा तेस्रो र चौथो स्थानमा रहका यि दुई टिमबीच प्लेअफको खेल हुदै थियो । कोशी समूह बी […]