6 years ago
June 3, 2019
एजेन्सी – बंगलादेशका अलराउण्डर सकिब अल हसनले वान डे क्रिकेटमा नयाँ कीर्तिमान रचेका छन् । बंगलादेशले आईतबार राती सम्पन्न खेलमा दक्षिण अफ्रिकालाई २१ रनले पराजित गर्दै विजयी सुरुवात गर्दा सकिबले नयाँ कीर्तिमान बनाएका हुन् ।
सकिब वान डे खेलमा सर्वाधिक छिटो ५ हजार रन र २ सय ५० विकेट लिने पहिलो खेलाडी बनेका छन् । सकिबले यो उपलब्धी मात्र १ सय ९९ खेलमा हासिल गरे । आईतबार दक्षिण अफ्रिकाविरुद्ध २० ओभरको चौथो बलमा सकिब अल हसनले एडेन मार्करामलाई ४५ रनमा बोल्ड आउट गर्दै आफ्नो २ सय ५० विकेट पुरा गरेका थिए ।
सकिबले यो रेकर्ड कायम गर्दा पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदी,अब्दुल रजाक,जैक्स कैलिसलाई पछि समेत पारे । बंगलादेशलाई सानदार सुरुवात दिलाउन ब्याटिङमा पनि उनले दक्षिण अफ्रिकाविरुद्ध सकिब अल हसनले ८४ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै महत्वर्पूण ७५ रनको योगदान दिए । सकिबनै खेलमा म्यान अफ द म्याच चुनिए ।
February 13, 2025
एजेन्सी – कप्तान मोहम्मद रिजवान र उप-कप्तान सलमान अघाको शतकको सहयोगमा पाकिस्तानले त्रिकोणात्मक सिरिजमा दक्षिण अफ्रिकामाथि कीर्तिमानी ६ विकेटको जित हात पार्दै फाइनलमा पुगेको छ । जित्नलाई ३ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले ओडीआईमा पूरा गरेको हालसम्मकै सर्वाधिक ठूलो लक्ष्य हो । पाकिस्तानले यसअघि […]
February 12, 2025
एजेन्सी – ओपनर शुभमन गिलको शतक सहयोगमा भारतले इङ्ग्ल्याण्डसँगको ओडिआई सिरिज क्लिन स्विप गरेको छ । तेस्रो ओडिआई खेलमा बुधवार १ सय ४२ रनको फराकिलो जितका साथ भारतले सिरिज क्लिन स्विप गरेको हो । ३ खेलको ओडिआई सिरिज भारतले ३-० ले जितेको हो । ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ३४.२ ओभरमा २ […]
February 12, 2025
एजेन्सी – कप्तान चरिथ असलंकाको शतकको सहयोगमा घरेलु टोली श्रीलंकाले अस्ट्रेलियाविरुद्धको पहिलो ओडिआई खेलमा जित हासिल गरेको छ । श्रीलंकाले बुधवार अस्ट्रेलियालाई ४९ रनले पराजित गरेको हो । जितसँगै श्रीलंकाले २ खेलको ओडिआई सिरिजमा १-० को अग्रता बनाएको छ । श्रीलंकाले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ३३.५ ओभरमा १ सय ६५ रनमा […]