default_image

6 years ago

June 2, 2019

प्रदेश ५ ले साविक विजेता एपीएफलाई हरायो

84 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश ५ ले काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली सशस्त्र प्रहरी क्लव एपीएफलाई डक अर्थ लेविसका आधारमा ३ विकेटले हराएको छ ।

जितका लागि १ सय ८४ रनको लक्ष्य पछ्याउने क्रममा ६.३ ओभरमा वर्षाको कारण खेल केहि समय रोकिएको थियो । वर्षा रोकिएपछि खेल ३२ ओभरमा झारिदै प्रदेश ५ ले डक वर्थ लेविसका आधारमा १ सय ४२ रनको लक्ष्य पाएको थियो । १ सय ४२ रनको लक्ष्य प्रदेश ५ ले २९.३ ओभरमा ७ विकेटको क्षतिमा पुरा गर्यो । एपीएफलाई हराउन प्रनित थापा मगरले ३३ बलमा २ चौका र १ छक्का सहित अविजित ३० रनको महत्वपूर्ण इनिङ खेले । त्यस्तै विक्रम भुषाल ६ रनमा अविजित रहे । प्रनितले ३० औं ओभरको पाँचौ बलमा शरद भेषवाकरलाई छक्का प्रहार गर्दै प्रदेश ५ को जित पक्का गरे ।

ओपनर सन्दीप सुनार १५, सुवेन्दु पाण्डे २०, निश्चल चौधरी १९ र सौरभ खनालले २९ रनको योगदान दिए । सरोज दराल ६ र कृष्ण कार्की ९ रनमा आउट भए । एपीएफका लागि अमरसिंह राउटेलाले २,अभिनास बोहोरा,भुवन कार्की र पृथु बास्कोटाले समान १ विकेट हात पारे ।

त्यसअघि मुलपानीमा टस जितर पहिला ब्याटिङ थालेको एपीएफ ४९।४ ओभरमा अल आउट हुँदै १ सय ८४ रनमा समेटियो । उसका लागि राष्ट्रिय टोलीका विकेटकीपर समेत रहेका प्रदीप ऐरी ७७ रनमा अविजित रहे । धैर्यताका साथ ब्याटिङ गरेका उनले १ सय ३१ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

प्रदीप बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । प्रदपिलाई कुनै पनि ब्याट्सम्यानले राम्रो साथ दिन सकेनन् । प्रदीपले एकतर्फबाट रन जोड्दा अर्कोतर्फबाट निरन्तर विकेट गुम्न पुग्दा विभागिय टोली एपीएफ प्रदेशटिम माथी सामान्य योगफलमा समेटिनु परेको हो ।

सातौं ओभरको अन्तिम बलमा आशिफ शेख ११ रनमा क्याच आउट भए । १५ ओभरको दोस्रो बलमा सन्दीप सुनारले कृष्ण कार्कीबाट क्याच गराउनु अघि ओपनर शरद भेषवाकरले ४७ बलमा १४ रन जोडे । शंकर राना ६,सुमित महर्जन शुन्य,पृथु वास्कोटा ९ र भुवन कार्की १३ रनमा आउट भए । तल्लोक्रममा सन्दीप जोराले २२ बलमा २ चौका सहित २२,अमरसिंह राउटेला १,कमलसिंह ऐरी र अभिनाष बोहोरा समान ३ रनमा आउट भए ।

प्रदेश ५ का लागि कप्तान कृष्ण कार्कीले ८.४ ओभरमा १ मेडन सहित ३२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै सन्दीप सुनारले २,बिक्रम भुषाल,सिद्धान्त शाही र अनिल खरेलको नाममा समान १ विकेट रह्यो ।

यस हारसँगै एपीएफले समुह ए को शीर्षस्थानमा रहने अवसर गुमाउने सम्भावना रहेको छ । प्रदेश ३ ले अन्तिम खेलमा सुदूरपश्चिमलाई पराजित गरेमा एपीएफ समूह उपविजेता बन्नेछ ।

February 2, 2025

त्रिकोणात्मक सिरिज – नेपाल र नेदरल्याण्ड्स खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको चौथो खेलमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा दोस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो तेस्रो खेल हो […]

February 1, 2025

कुशलको अलराउण्ड प्रदर्शनमा डडेलधुराको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा फ्रेडस क्लब डडेलधुराले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शनिवारबाट धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा अर्जन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो खेलमा धनगढी क्रिकेट एकेडेमी(डिसीए)माथि डडेलधुराले ८ विकेटको जित हासिल गरेको हो । डिसीएले दिएको १ सय ३३ […]

February 1, 2025

प्रशिक्षक मोन्टीको सम्झौता सकियो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईको सम्झौता थप नगरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विज्ञप्ति जारी गर्दै मुख्य प्रशिक्षक मोन्टीलाई बिदाइ गरेको जनाएको छ । उनको २ वर्षे सम्झौता यही फेब्रुअरीबाट सकिएपछि सम्झौता नविकरण नगरिएको क्यानले जनाएको छ । क्यानले उनलाई आगामी यात्राको लागि सफलताको शुभकामना पनि […]

Success

Thank you for your time.