6 years ago
June 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लव तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको समुह विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।
आईतबार प्रदेश २ लाई १ सय ५६ रनको फराकिलो अन्तरले पराजित गर्दै समुह बी को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । सेमिफाइनलमा पुलिसले समुह ए को उप विजेतासँग खेल्ने छ । त्यस्तै आर्मी पनि समुह बी बाट उप विजेता बन्दै सेमिफाईनलमा पुगेको छ ।
२ सय ५४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले २९ ओभरमा ९७ रन बनाउन सबै विकेट गुमायो । उसका लागि ओपनर हरि शंकर शाहले ३५ बलमा ४ चौका सहित सर्वाधिक २९ रनको योगदान दिए । सुरज पटेल १२, कप्तान महबुब आलम २१ र रवि शाहले १५ रन जोड्न बाहेक प्रदेश २ का अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् ।
पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले घातक बलिङ लगर्दै १० ओभरमा १ मेडन सहित २८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै ललित नारायण राजवंशीले ३,सागर ढकाल र कुशल भुर्तेलले को नाममा समान १ विकेट रह्यो ।
त्यस अघि आइतबार कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित ५० ओभरका ९ विकेटको क्षतिमा २ सय ५३ रन बनायो । पुलिसका लागि युवा खेलाडी अमित श्रेष्ठले सर्वाधिक ५० रनको योगदान दिए । ३८ ओभरको दोस्रो बलमा साम्सद शेखले राशिद खानबाट क्याच गराउनु अघि उनले ४२ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।
ओपनर सुनिल धमला र अनिल कुमार शाहले पहिलो विकेटका लागि १९।३ ओभरमा ८७ रनको साझेदारी गर्दै पुलिसलाई राम्रो सुरुवात दिलाएका थिए । यी दुईबीचको साझेदारी साम्सद शेखले अनिललाई ३७ रनमा क्याच आउट गर्दै तोडे । अनिलले ५० बलमा २ चौका प्रहार गरे । २३ ओभरको तेस्रो बलमा कुमार थापाले बोल्ड आउट गर्नु अघि धमलाले ७७ बलमा ३ चौका सहित ४३ रनको योगदान दिएका थिए ।
दिपेन्द्र सिंह ऐरी १८,पवन सरार्फ १३ र दिलिप नाथ डक आउट भए । सागर ढकाल २,कप्तान मञ्जित श्रेष्ठ र ललित नारायण राजवंशी समान १ रन जोडे ।
तल्लोक्रममा आरिफ शेखले ४५ बलमा ३ चौका सहित ३२ रन जोडे । त्यस्तै कुशल भुर्तेलले ३२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३५ रन जोडेपछि पुलिसले बलियो योगफल तयार पारेको हो ।
प्रदेश २ का लागि साम्सद शेखले १० ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए । राशिद खानले २,कुमार थापा,दिवान्सु मलिक र कप्तान महबुुब आलमको नाममा समान १ विकेट रह्यो ।
January 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपाललाई अस्ट्रेलियाले विशाल लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा अस्ट्रेलियाले नेपाल यु १९ लाई १ सय ४० रनको लक्ष्य दिएको हो । मलेसियास्थित युकेएम क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रनको योगफल तयार […]
January 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपको सुपर सिक्समा स्थान बनाउँन जित्नै पर्ने खेलमा नेपालले टस हारेको छ । मलेसियाको युकेएम क्रिकेट ओभलमा नेपालले अस्ट्रेलियाविरुद्ध टस हारेर बलिङको निम्तो पाएको हो । स्कटल्याण्डसँग सोमवार खेलेको नेपाली टोलीमा १ परिवर्तन गरिएको छ । स्कटल्याण्डविरुद्ध खेलेकी किरन कुँवर बेन्चमा रहँदा तृषना विकले मौका […]
January 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिमा हुने दोस्रो बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिका अध्यक्ष मदन प्रसाईंका अनुसार प्रतियोगिताको लागि खेल मैदानको स्तरोन्नति सकिएको छ भने पिच निर्माणको काम पूरा भएको प्रसाईंले जानकारी दिए । माघ ११ गतेदेखि १९ गतेसम्म बुद्धशान्ति–३ स्थित […]