6 years ago
June 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब किर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भिडेका थिए ।
खेलको २८ औं ओभरको दोस्रो बलमा हरिबहादुर चौहानले फाइन लेगतर्फ सट प्रहार गरे । आरिफ शेखले बाउन्ड्रीनिर उत्कृष्ट फिल्डीङ गर्दै विकेटकिपर दिलिप नाथसम्म राम्रो थ्रो गरे । दिलिपले पनि स्टम्पको बेल खसाले तर रोहितले फुल लेन्थ डाइभ हान्दै समयमा क्रिजभित्र पसे । तर यसो गर्ने क्रममा उनको छातीमा चोट लाग्न पुग्यो ।
पिचमा छाती धसारीएपछि उनले धुलाम्मे जर्सी उचाल्दै फिजियोलाई बोलाए । केहि बेरको उपचारपछि उनी खेल्न सक्ने भए र अम्पायरसँग अनुमति माग्दै नयाँ जर्सी लगाए । तर त्यसको दुई बलपछि नै रोहित ललितको बलमा बोल्ड भए ।
उनको डाइभ हानेदेखि उपचार हुँदै गर्दा र आउट भएपछि फोटोफिचर :
युवा ब्याट्सम्यान रोहितकुमार पौडेल यु-१९ राष्ट्रिय टोलीका कप्तान हुन् । उनले राष्ट्रिय टोलीबाट डेब्यु गर्दै अर्धशतक प्रहार गर्ने विश्वकै कान्छा खेलाडीको किर्तिमान आफ्नो नाम गरेका छन् । नियमित रुपमा फिटनेस प्रशिक्षणमा देखिने रोहित नेपाली क्रिकेटको भविष्यको रुपमा दरिएका छन् । उनले पछिल्लो समय घरेलु क्रिकेटमा गर्दै आएको प्रभावशाली प्रदर्शनको चौतर्फी प्रशंसा हुँदै आएको छ ।
रन लिएपछि डाइभ दिँदा चोट लागेको भिडियो :
January 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपको सुपर सिक्समा स्थान बनाउँन जित्नै पर्ने खेलमा नेपालले टस हारेको छ । मलेसियाको युकेएम क्रिकेट ओभलमा नेपालले अस्ट्रेलियाविरुद्ध टस हारेर बलिङको निम्तो पाएको हो । स्कटल्याण्डसँग सोमवार खेलेको नेपाली टोलीमा १ परिवर्तन गरिएको छ । स्कटल्याण्डविरुद्ध खेलेकी किरन कुँवर बेन्चमा रहँदा तृषना विकले मौका […]
January 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिमा हुने दोस्रो बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिका अध्यक्ष मदन प्रसाईंका अनुसार प्रतियोगिताको लागि खेल मैदानको स्तरोन्नति सकिएको छ भने पिच निर्माणको काम पूरा भएको प्रसाईंले जानकारी दिए । माघ ११ गतेदेखि १९ गतेसम्म बुद्धशान्ति–३ स्थित […]
January 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी यु १९ महिला विश्व कपको जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियासँग खेल्दैछ । नेपाल र अस्ट्रेलियाबिचको खेल मलेसियामा रहेको युकेएम क्रिकेट ओभलमा नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । नेपालले सुरुवाती दुवै खेल हारेको थियो । नेपाललाई सुपर सिक्सको सम्भावना कायमै राख्न अस्ट्रेलियामाथि जित बाहेकको विकल्प छैन । अस्ट्रेलियासँग […]