default_image

6 years ago

June 1, 2019

श्रीलंकाको कमजोर ब्याटिङसँगै न्युजिल्यान्डलाई सामान्य लक्ष्य

83 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप अन्तर्गत शनिवार पहिलो खेलमा श्रीलंकाले न्युजिल्यान्डलाई १ सय ३७ रनको सामान्य लक्ष्य दिएको छ ।

कार्डिफमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका २९.२ ओभरमा अल आउट हुँदै १ सय ३६ रनमा समेटियो । ओपनर तथा कप्तान दिमुथ करुणारत्ने ५२ रनमा अविजित रहे । एक तर्फबाट निरन्तर विकेट गुम्दा अर्को तर्फबाट दवावमा रन जोडेका कप्तान दिमुथलाई कुनै पनि ब्याट्सम्यानले राम्रो साथ दिन सकेनन् । उनले ८४ बलमा ४ चौका प्रहार गरे ।

एक समय १५.२ ओभरमा ६०–६ को कमजोर अवस्थामा पुगेको श्रीलंकालाई सातौं विकेटका लागि थिसेरा परेरा र करुणारत्नले ५२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । मिचेल सान्टनरको २४ ओभरको चौथो बलमा छक्का प्रहार गर्ने धुनमा परेरा टेन्ट बोल्टबाट २७ रनमा क्याच आउट भए । उनले २३ बलमा २ छक्का प्रहर गरे ।

श्रीलंकाले ओपनर लाहिरु तिरिमनेलाई सुरुवाती दोस्रो बलमै ४ रनमा गुमाएको थियो । उनलाई म्याट हेनरीले एलवी डब्लू आउट गरे ।
नवौं ओभरको पहिलो बलमा ठूलो शट खेल्ने धुनमा कुशल परेरा कोलिन डी ग्राण्डहोमबाट २९ रनमा क्याच आउट हुन पुगे । क्याच आउट हुनुअघि २४ बलमा ४ चौका प्रहार गरे । लगत्तै अर्को बलमा म्याट हेनरीले कुशल मेन्डिसलाई सिलीपमा मार्टिन गुप्टिलबाट उत्कृष्ट क्याच गराउदै शून्यमा पेभिलिएन फर्काए । १२ औं ओभरको पाँचौ बलमा ल्योकी फग्र्युसनले धनन्जय डी शिल्भालाई ४ रनमा एलपी डब्लू आउट गरे । एन्जिलो मेथ्युज शुन्य र जीवन मेन्डिस १ रनमा आउट भएपछि श्रीलंका १५.२ ओभरमा ६०-६ को कमजोर अवस्थामा पुगेको थियो ।
तल्लोक्रमका इसरु उडाना डक,सुरुङ्गा लकमल ७ र लाथिस मलिङ्गा १ रनमा आउट भए ।

न्युजिल्यान्डका म्याट हेनरी र ल्योकी फग्र्युसनले समान ३ विकेट लिए । जेम्श निशम,मिचेल सान्टानर,कोलिन डी ग्राण्डहोम र टेन्ट्र बोल्टको नाममा समान १ विकेट रह्यो ।

January 22, 2025

जित्नै पर्ने दबाबमा अस्ट्रेलियासँग खेल्दै नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी यु १९ महिला विश्व कपको जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियासँग खेल्दैछ । नेपाल र अस्ट्रेलियाबिचको खेल मलेसियामा रहेको युकेएम क्रिकेट ओभलमा नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । नेपालले सुरुवाती दुवै खेल हारेको थियो । नेपाललाई सुपर सिक्सको सम्भावना कायमै राख्न अस्ट्रेलियामाथि जित बाहेकको विकल्प छैन । अस्ट्रेलियासँग […]

January 21, 2025

जय नेपाल कप क्रिकेट – ढाका र मध्यपश्चिमको जित

काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कप क्रिकेटमा मंगलवार बंगलादेशको ढाका र मध्यपश्चिम विश्वविद्यालय विजयी भएका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो खेलमा मध्यपश्चिम विश्वविद्यालयले भारतको दिल्ली विश्वविद्यालयलाई ६ विकेटले पराजित गरेको छ । ६० रनको सामान्य लक्ष्य मध्यपश्चिमले १०.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । मध्यपश्चिमको जितमा दीपक डुम्रेले १६ बलमा २१ […]

January 21, 2025

सन्दीपलाई‌ एक खेलको प्रतिबन्ध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी सन्दीप लामिछाने लाई नेपाल क्रिकेट संघ (क्यान) ले कारबाही गरेको छ। क्यानले आयोजना गर्ने घरेलु कुनै पनि प्रतियोगिताको एक खेल खेल्न नपाउने गरि क्यानले सन्दीपलाई कारबाही गरेको हो। जय ट्रफी दौरान सन्दीपले नेपाली अम्पायरको क्षमतामा प्रश्न उठाउँदै पुस २६ गते सामाजिक सञ्जालमा असन्तुष्टी व्यक्त गरेका थिए। […]

Success

Thank you for your time.