6 years ago
June 1, 2019
एजेन्सी – एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिबार पहिलो खेलमा न्युजिल्यान्ड र श्रीलंकाबीच कार्डिफमा प्रतिस्पर्धा हुँदै छ ।
भर्खर सम्पन्न टसमा न्युजिल्यान्डले टस जितेर पहिला फिल्डिङ रोजेको छ । श्रीलंकाले ब्याटिङ गर्ने छ । श्रीलंकाले सन् १९९६ मा अष्ट्रेलियालाई ७ विकेटले हराउँदै विश्वकप जितेको थियो । सन् २००७ र २०११ मा श्रीलंका उपविजेतामा चित्त बुझायो ।
सन् २०१५ मा पहिलो पटक फाईनलमा पुगेको न्युजिल्यान्ड अष्ट्रेलियासँग ७ विकेट पराजित हुँदै उप विजेतामा सिमित रह्यो । वान डे विश्वकपमा यी दुईबीच १० खेल भएको छ । जसमा श्रीलंका ६ पटक विजयी हुँदा ४ पटक पराजित भएको छ ।
न्युजिल्यान्डको प्लेइङ ११ ः मार्टिन गुप्टिल,कोलिन मुनरो,केन विलियम्न(कप्तान),टम लेथम,रोस टेलर,जेम्स निशम,कोलिन डी ग्राण्ड होम,मिचेल सान्टनार,ल्योकी फ्युर्गनस,म्याट हेनरी र टेन्ट बोल्ट ।
श्रीलंकाको प्लेइङ ः दिमुथ कुरणरत्ने(कप्तान),लहिरु तिरिमने,कुशल परेरा,कुशल मेनिडस,एन्जिलो मेथ्युज,धनन्जय डी शिल्भा,थिसेरा परेरा,जीवन मेन्डिस,सुरुङ्गा लकमल, इसरु उडाना र लाथिस मलिङ्गा ।
January 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी यु १९ महिला विश्व कपको जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियासँग खेल्दैछ । नेपाल र अस्ट्रेलियाबिचको खेल मलेसियामा रहेको युकेएम क्रिकेट ओभलमा नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । नेपालले सुरुवाती दुवै खेल हारेको थियो । नेपाललाई सुपर सिक्सको सम्भावना कायमै राख्न अस्ट्रेलियामाथि जित बाहेकको विकल्प छैन । अस्ट्रेलियासँग […]
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कप क्रिकेटमा मंगलवार बंगलादेशको ढाका र मध्यपश्चिम विश्वविद्यालय विजयी भएका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो खेलमा मध्यपश्चिम विश्वविद्यालयले भारतको दिल्ली विश्वविद्यालयलाई ६ विकेटले पराजित गरेको छ । ६० रनको सामान्य लक्ष्य मध्यपश्चिमले १०.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । मध्यपश्चिमको जितमा दीपक डुम्रेले १६ बलमा २१ […]
January 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी सन्दीप लामिछाने लाई नेपाल क्रिकेट संघ (क्यान) ले कारबाही गरेको छ। क्यानले आयोजना गर्ने घरेलु कुनै पनि प्रतियोगिताको एक खेल खेल्न नपाउने गरि क्यानले सन्दीपलाई कारबाही गरेको हो। जय ट्रफी दौरान सन्दीपले नेपाली अम्पायरको क्षमतामा प्रश्न उठाउँदै पुस २६ गते सामाजिक सञ्जालमा असन्तुष्टी व्यक्त गरेका थिए। […]