6 years ago
May 31, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पुष्प थापाले एक्लै ६ विकेट लिएपछि तेस्रो संस्करणको प्रधानमन्त्री एक दिवसिय क्रिकेट प्रतियोगितामा कर्णालीले प्रदेश १ सँग लज्जास्पद हार ब्योहोरेको छ । कर्णाली १ सय ८१ रनले पराजित भएको हो । २ सय २९ रनको लक्ष्य पछ्याएको कर्णाली २०.१ ओभरमा अल आउट हुँदै ४७ रनमा समेटियो ।
उसका लागि निश्चिल रावलले सर्वाधिक १७ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । प्रदेश १ को घातक बलिङ सामु कर्णालीका १० ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् ।
प्रदेश १ लाई पहिलो जित दिलाउन कप्तान पुष्प थापाले ९.१ ओभरमा १ मेडन सहित १९ रन खर्चेर ६ विकेट लिए । त्यस्तै मुकुन्द यादव ३ र कमल खत्रीको नाममा १ विकेट रह्यो ।
त्यस अघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङकोे निम्तो पाएको प्रदेश १ ले निर्धारित ५० ओभरमा ८ विकेटका क्षतिमा २ सय २८ रन बनाएको थियो । उसका लागि सिद्धान्त लोहनीले सर्वाधिक ६३ रनको योगदान दिए । ४२ ओभरको दोस्रो बलमा रिटायर्ट हर्ट भएर पेभिलिएन फर्किनु अघि लोहनीले ९० बलमा ७ चौका प्रहार गरे । उनी खुट्टामा चोट लागेपछि मैदानबाट बाहिरिएका थिए ।
तल्लोक्रममा फिर्दोस अन्सारीले ३७ बलमा समान २ छक्का र चौका सहित ४५ रनमा अविजित रहँदै प्रदेश १ लाई बलियो योगफल सम्म पुर्याए । फिर्दोसले अन्तिम ओभरमा प्रकाश जैशीलाई २ चौका र १ छक्का सहित २० रन बटुलेका थिए । त्यस्तै ओपनर सन्नी पुनले ३४ रन बटुले । २४ ओभरको पहिलो बलमा ललित प्याकुरेलले बोल्ड आउट गर्नु अघि उनले ६३ बलमा ४ चौका प्रहार गरे ।
ओपनर राजन मगरले १६,मिनाष थापा १३,मुकुन्द यादव ३,श्रवन यादव २ रनमा आउट भए ।कप्तान पुष्प थापाले ४२ बलमा ५ चौका सहित २९ र दिपेश कडेलले ७ रनको योगदान दिए । कर्णालीका लागि प्रकाश जैशी,ललित प्याकुरेल र दिवान पुनले समान २ विकेट हात पारे । त्यस्तै महेश खत्री र सुदन पोखरेलको नाममा समान १ विकेट रह्यो ।
January 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी यु १९ महिला विश्व कपको जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियासँग खेल्दैछ । नेपाल र अस्ट्रेलियाबिचको खेल मलेसियामा रहेको युकेएम क्रिकेट ओभलमा नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । नेपालले सुरुवाती दुवै खेल हारेको थियो । नेपाललाई सुपर सिक्सको सम्भावना कायमै राख्न अस्ट्रेलियामाथि जित बाहेकको विकल्प छैन । अस्ट्रेलियासँग […]
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कप क्रिकेटमा मंगलवार बंगलादेशको ढाका र मध्यपश्चिम विश्वविद्यालय विजयी भएका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो खेलमा मध्यपश्चिम विश्वविद्यालयले भारतको दिल्ली विश्वविद्यालयलाई ६ विकेटले पराजित गरेको छ । ६० रनको सामान्य लक्ष्य मध्यपश्चिमले १०.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । मध्यपश्चिमको जितमा दीपक डुम्रेले १६ बलमा २१ […]
January 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी सन्दीप लामिछाने लाई नेपाल क्रिकेट संघ (क्यान) ले कारबाही गरेको छ। क्यानले आयोजना गर्ने घरेलु कुनै पनि प्रतियोगिताको एक खेल खेल्न नपाउने गरि क्यानले सन्दीपलाई कारबाही गरेको हो। जय ट्रफी दौरान सन्दीपले नेपाली अम्पायरको क्षमतामा प्रश्न उठाउँदै पुस २६ गते सामाजिक सञ्जालमा असन्तुष्टी व्यक्त गरेका थिए। […]